stcnepal long ad
Himalayan bank
national life

सीजीले नेपाली बजारमा भित्र्यायो नयाँ ब्रान्ड एआई प्लस, १४ हजारमै फाइभजी स्मार्टफोन

kumari bank
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौँ । नेपाली बजारमा एआई प्लस (Ai+) स्मार्टफोनको बिक्री वितरण आधिकारिक रूपमा सुरु भएको छ । रियलमी मोबाइलका पूर्व सीईओ माधव सेठले स्थापना गरेको नयाँ भारतीय ब्रान्डका फोनहरू सीजी मोबाइल्सले नेपाल भित्र्याएको हो ।

आफ्ना स्मार्टफोनहरू भारतीय बजारमा छोटो समयमा नै लोकप्रिय बन्न सफल भएपछि नेपाली बजारम विस्तार गरेको कम्पनीले जनाएको छ । एआई प्लसले नेपाली बजारका लागि सीजी लाई आफ्नो आधिकारिक वितरक नियुक्त गरेको छ । नेपाली उपभोक्तालाई इन्टेलिजेन्ट र भ्यालु(ड्रिभन स्मार्टफोन उपलब्ध गराउने साझा उद्देश्यका कारण यो सहकार्य सम्भव भएको बताइएको छ ।

एआई प्लसका संस्थापक माधव सेठका अनुसार स्मार्ट प्रविधि सबैका लागि सहज र पहुँचयोग्य बनाउने सोचबाट एआई प्लसको जन्म भएको हो । “त्यसैले एआई प्लसका स्मार्टफोनहरू प्रविधि र डिजाइनका दृष्टिले अत्याधुनिक भए पनि मूल्यका हिसाबले अत्यन्त किफायती छन्,” उनले भनेका छन् ।

सीजी मोबाइल्सका बिजनेस हेड विनय जोशीले सबै उपभोक्ताको हातमा इन्टेलिजेन्ट टेक्नोलोजी पुर्‍याउने आफूहरूको उद्देश्य भएको बताए । उनले भने, “बजारमा स्मार्टफोनका धेरै विकल्प भए पनि एआई प्लस भने पूर्ण रूपमा भ्यालु–ड्रिभन ब्रान्ड हो ।”

सीजी मोबाइल्स चौधरी समूहको कञ्जुमर इलेक्ट्रोनिक्स डिभिजन अन्तर्गतको मोबाइल व्यावसायिक एकाई हो । यसले नेपाली बजारमा विश्वभरका लोकप्रिय मोबाइल ब्रान्डहरूको आयात तथा विक्री वितरण गर्दै आएको छ ।

कम्पनीले अन्तर्राष्ट्रिय ब्रान्डका स्मार्टफोन विक्री गर्दा विक्री पश्चात्‌को उत्कृष्ट सेवा र प्रतिस्पर्धी मूल्यमा जोड दिँदै आएको छ । यसै क्रममा एआई प्लस नवीनतम स्मार्टफोन ब्रान्डको रूपमा नेपाली बजारमा भित्रिएको हो ।

एआई प्लसले पहिलो चरणमा नेपाली बजारमा दुई मोडेलका चार भेरियन्ट सार्वजनिक गरेको छ । एआई प्लस पल्स र एआई प्लस नोभा गरी दुई मोडेलमा ४ जीबी, ६ जीबी र ८ जीबी र्‍याम भएका विकल्पहरू उपलब्ध छन् ।

एआई प्लस नोभा फाईभजीलाई नेपालको सबैभन्दा किफायती फाइभजी स्मार्टफोन भएको दाबी गरिएको छ । जसको मूल्य १३ हजार ९९९ राखिएको छ ।

साथै ४ जीबी र्‍याम तथा ६४ जीबी स्टोरेज भेरियन्टको एआई प्लस नोभा स्मार्टफोन नौ हजार रुपैयाँभन्दा कम मूल्यमा बजारमा उपलब्ध गराइएको छ ।

हाल एआई प्लस स्मार्टफोनहरू नेपालभरका मोबाइल र इलेक्ट्रोनिक्स पसलहरूमा उपलब्ध भइसकेको सीजीले जानकारी दिएको छ ।

kumari bank
kumari
nawakantipur long