stcnepal long ad
global ime bank long

चर्चित भारतीय ब्राण्ड क्याम्पा कोला नेपाली बजारमा

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौं । भारतीय कम्पनी रिलायन्स इन्डष्ट्रिजले चौधरी ग्रुपसँगको सहकार्यमा कोल्ड ड्रिंक ब्राण्ड क्याम्पा कोला नेपाली बजारमा ल्याएको छ ।

भारतीय ब्रण्डको क्याम्पा कोलालाई नेपालमा उत्पादन गरेर बजारमा ल्याइएको हो । कम्पनीका अनुसार क्याम्पा पोर्टफोलियो अन्तर्गत क्याम्पा कोला, क्याम्पा लेमन, क्याम्पा अरेन्ज, क्याम्पा इनर्जी गोल्ड बुस्टर, क्याम्पा इनर्जी बेरी किक प्रारम्भिक रूपमा उपलब्ध हुनेछन् ।

२५० मिलिलिटर कार्बोनेटेड सफ्ट ड्रिंक (सीएसडी) बोतल (क्याम्पा कोला, क्याम्पा लेमन र क्याम्पा अरेन्ज) को उपभोक्ता मूल्य ३० रुपैयाँ रहेको छ भने क्याम्पा २५० मिलिलिटर इनर्जी बेरी किकको मूल्य ४० रहेको छ ।

रिफ्रेशिङ स्वाद, जोशिलो प्रस्तुति र आकर्षक प्याकेजिङका साथ क्याम्पा कोला नेपाली बजारमा नयाँ तरंग ल्याउने अपेक्षा गरिएको छ । चौधरी ग्रुपका निर्देशक निर्वाण चौधरीले भारतमा प्रतिष्ठित ब्राण्डलाई नेपालमा ल्याएर हेटौंडामा प्लान्ट राखी उत्पादन गर्न थालिएको बताए। उनका अनुसार छिट्टै सुगर फ्रि क्याप कोकोकोला समेत बजारमा ल्याइनेछ ।

क्याम्पा कोलाको नेपाल आगमनले रिलायन्सको चौधरी ग्रुपसँगको व्यावसायिक सम्बन्धको विस्तार तथा समग्र नेपालप्रतिको दीर्घकालीन प्रतिबद्धतालाई थप पुष्टि गर्ने रिलायन्सले जनाएको छ ।

सन् २०२२ मा क्याम्पा कोला ब्राण्ड खरिद गरेर २०२३ मा यसको व्यावसायिक उत्पादन पुनः शुरु गरे पश्चात रिलायन्सले भारतीय विरासत बोकेको यस हेरिटेज ब्राण्डलाई फेरि एकपटक लोकप्रिय कोल्ड ड्रिंक ब्राण्डका रुपमा स्थापित गर्न सफल भएको छ । हाल क्याम्पा कोला भारतको प्रतिष्पर्धी कोल्ड ड्रिंक ब्राण्ड हो ।

रिलायन्सका कार्यकारी निर्देशक केतन मोदीले चौधरी ग्रुपजस्तो प्रतिष्ठित साझेदारसँग मिलेर नेपालमा क्याम्पा ब्राण्ड ल्याउन पाउँदा आफूहरु खुशी भएको बताए।

IME Lifesidebar
kumari