stcnepal long ad
global ime bank long

ब्युररको आधिकारिक आगमन नेपालमा –जर्मन स्वास्थ्य सेवाको सय वर्षको अनुभव अब नेपाली घर–घरमा

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौं । जर्मनीको प्रख्यात स्वास्थ्य तथा वेलनेस उपकरण निर्माता Beurer GmbH ले अब आधिकारिक रूपमा नेपाली बजारमा प्रवेश गरेको छ, जस अन्तर्गत यसको उत्कृष्ट घरेलु स्वास्थ्य उपकरणहरू देशभरिका उपभोक्ताहरूका लागि उपलब्ध छन्।

सन् १९१९ मा स्थापना भई जर्मनीको उल्ममा मुख्यालय रहेको ब्युरर आज १४० भन्दा बढी देशहरूमा सञ्चालनमा छ र १,६०० भन्दा बढी कर्मचारीसहित व्यक्तिगत स्वास्थ्य, वेलनेस, र मेडिकल प्रविधिको क्षेत्रमा विश्वको अग्रणी ब्रान्डको रूपमा परिचित छ ।

नेपालमा यसको सुरुवातले विश्वभरका घरपरिवारहरूलाई सहज, प्रयोगमैत्री, र चिकित्सा–प्रमाणित स्वास्थ्य समाधानहरू उपलब्ध गराउने कम्पनीको लक्ष्यमा नयाँ उपलब्धि थपेको छ ।

त्रिपुरेश्वर, काठमाडौंमा आयोजित औपचारिक कार्यक्रममा Beurer India का कन्ट्री म्यानेजर रोहित सैनी र Nepal Overseas Marketing Co. का कार्यकारी निर्देशक राहुल अग्रवालको उपस्थितिमा नेपाली बजारमा यसको सुरुवात गरिएको हो ।
Nepal Overseas Marketing Co. नेपालका लागि ब्युरर को आधिकारिक वितरक हो ।

सैनीले भने, “ब्युररले सधैं भरपर्दो र नवप्रवर्तनयुक्त प्रविधिबाट व्यक्तिको जीवनस्तर सुधार गर्नमा ध्यान केन्द्रित गर्दै आएको छ। स्वास्थ्य सचेतना र रोकथाम मुखी सेवाहरू तीव्र गतिमा बढिरहेको नेपाली बजारमा आफ्नो उपस्थिति जनाउन पाउँदा हामी निकै उत्साहित छौं।”
सुरुवातमा ब्युरर ले आफ्ना विश्वसनीय र सबैभन्दा बढी माग भएका निम्न उत्पादनहरू नेपाली बजारमा ल्याउनेछः

  • डिजिटल रक्तचाप नाप्ने मेसिन ( Digital Blood Pressure Monitors)
  •  स्वासप्रश्वास सम्बन्धी हेरचाहका लागि नेबुलाइजरहरू (Nebulizers for respiratory care)
  •  रगतको चिनी मापन गर्ने ग्लुकोमिटरहरू (Glucometers for blood sugar tracking)
  •  डिजिटल थर्मोमिटरहरू (Digital Thermometers)                                                            यी सबै उपकरणहरू उत्कृष्ट जर्मन इन्जिनियरिङ, सजिलो प्रयोग, र मेडिकल–ग्रेड शुद्धताका लागि विश्वभर ख्यातिप्राप्त छन्, जसले घरेलु प्रयोगकर्तादेखि स्वास्थ्य सेवाप्रदायकहरूसम्म सबैलाई उपयुक्त सेवा प्रदान गर्छ।                                                                                                         राहुल अग्रवालले भने, “गुणस्तर, भरोसा, र नवप्रवर्तनको प्रतीक बनेको ब्रान्ड ब्युररलाई नेपालमा ल्याउन पाउँदा हामी गौरवान्वित छौं। घरमै स्वास्थ्य जाँच गर्ने प्रवृत्ति बढ्दो अवस्थामा रहेको यस समयमा ब्युररका उत्पादनहरू अत्यन्तै उपयुक्त र परिवर्तनकारी सावित हुनेछन्।”                    दिगोपन, गुणस्तर, नवीनता, र जन–प्रतिबद्धतामा आधारित ब्युरर को ब्रान्ड दर्शनले भरपर्दो बिक्रीपछिको सेवा र को सशक्त वितरण सञ्जालमार्फत देशव्यापी पहुँच पनि सुनिश्चित गर्छ।

अब नेपाली परिवारहरूले विश्वस्तरीय स्वास्थ्य प्रविधि घरमै अनुभव गर्न सक्नेछन्।

IME Lifesidebar
kumari