stcnepal long ad
himalayan life insurance long ad

बजारमा आज सुन चाँदी दुबैको भाउ घट्यो

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । नेपाल बजारमा आज सुन चाँदी दुबैको भाउ घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा १४ सय रुपैयाँले घटेको हो।

योसँगै प्रतितोला छापावाल सुन १ लाख ८८ हजार ३ सय रुपैयाँ कायम भएको छ। हिजो छापावाल सुन प्रतितोला १ लाख ८९ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो।

आज चाँदीको भाउ तोलामा २० रुपैयाँले घटेर १ हजार ९७० रुपैयाँ रुपैयाँ कायम भएको छ। हिजो चाँदी तोलामा १ हजार ९९० रुपैयाँमा किनबेच भएको थियो।