आज सुनको भाउ बढ्यो, चाँदी मूल्य भने स्थिर

काठमाडौं । नेपाली बजारमा आज मंगलबार सुनको भाउ बढेको छ। यस दिन सुन प्रतितोला १३ सय रुपैयाँले बढेको हो।
नेपाल सुनचाँदी व्यवसायी महासंघले आज सुन प्रतितोला १ लाख ९१ हजार ३०० रुपैयाँ कायम भएको जनाएको छ। अघिल्लो दिन सुन प्रतितोला १ लाख ९० हजार रुपैयाँमा कारोबार भएको थियो।
त्यस्तै आज चाँदी प्रतितोला २ हजार १६५ रुपैयाँ कायम भएको छ। अघिल्लो दिन पनि चाँदी यही मूल्यमा कारोबार भएको थियो।