सुनको भाउ आज एकैदिन तोलामा ६ हजार ९ सयले बढ्यो

काठमाडौं । नेपाली बजारमा आज सुनको हालसम्मकै उच्च भएको छ भने चाँदी सामान्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज प्रतितोला छापावाल सुनको भाउ तोलामा ६ हजार ९ सय रुपैयाँले बढेको हो ।
यससँगै सुन १ लाख ९७ हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको छ । यो हालसम्मकै उच्च मूल्य हो । हिजो सुन तोलामा १ लाख ९१ हजार रुपैयाँमा कारोबार भएको थियो ।
आज चाँदीको सामान्य बढेको छ । आज चाँदी तोलामा १० रुपैयाँले बढेको हो । यससँगै चाँदी १९ सय ७० रुपैयाँमा किनबेच भइरहेको छ । हिजो पनि चाँदी प्रतितोला १९ सय ६० रुपैयाँमा किनबेच भएको थियो ।