citizens life insurance long ad
stcnepal long ad

सुनको मूल्य एक लाख असी हजार नजिक पुगे

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौँ। स्थानीय बजारमा प्रतितोला सुनको मूल्य एक लाख ८० हजार नजिक पुगेको छ । सोमबार प्रतितोला एक लाख ७७ हजार नौ सय रुपियाँमा कारोबार भएको सुनको मूल्य मङ्गलबार तोलामा एक हजार आठ सय रुपियाँले बढेर एक लाख ७९ हजार सात सय रुपियाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

यो अहिलेसम्मकै उच्च मूल्य हो । अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य बढ्दा त्यसको प्रभाव स्थानीय बजारमा पर्न गएको हो । सोमबार अन्तर्राष्ट्रिय बजारमा प्रतिऔँस सुनको मूल्य तीन हजार १०८ डलर रहेकामा मङ्गलबार बढेर प्रतिऔँस तीन हजार ११३ अमेरिकी डलर पुगेको छ ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको कर  नीति र अन्तर्राष्ट्रिय  भूराजनीतिक  कारणले  सुनको मूल्य उच्च विन्दुमा पुगेको हो ।

सुनचाँदी व्यवसायी तेजरत्न शाक्यले अन्तर्राष्ट्रिय बजारमा देखिएको उतारचढावका कारण सुनको मूल्य निरन्तर बढ्दै गएको जानकारी दिनुभयो । सुनको मूल्य बढ्नुको मुख्य कारण नै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको कर नीति र अन्तर्राष्ट्रिय भूराजनीतिक रहेको उहाँको भनाइ छ । चैतदेखि सुनको मूल्य निरन्तर बढ्दै गएको छ ।

सन् २०२५ सम्म अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य प्रतिऔँस तीन हजार पाँच सय डलर पुग्ने अनुमान गरिएको छ । त्यतिबेला स्थानीय बजारमा सुनको मूल्य प्रतितोला दुई लाख रुपियाँ पुग्ने शाक्यले जानकारी दिनुभयो ।

महासङ्घका अनुसार पछिल्लो समय निरन्तर सुनको मूल्य बढ्दै गएपछि बजारमा सुनको माग कम हुँदा कारोबारमा समेत कमी आएको शाक्यको भनाइ छ ।

चैतको पहिलो साता प्रतितोला एक लाख ७४ हजार पाँच सय रुपियाँमा कारोबार भएको सुनको मूल्य तीन सातामै पाँच हजार दुई सय रुपियाँले बढेर एक लाख ७९ हजार सात सय रुपियाँ पुगेको छ ।

सुनको मूल्य निरन्तर बढ्दा उपभोक्ता र व्यवसायी दुवैलाई प्रत्यक्ष असर पर्ने गरेको छ ।व्यवसायीका अनुसार उपभोक्ताको क्रयशक्ति न्यून हुँदा घरखर्च चलाउनका लागि नयाँ गहना खरिद गर्नेभन्दा पनि पुराना गहना बिक्री गर्ने ग्राहक बढी आउने गरेको गरेका छन् ।

चैतमा विवाहको लगन नभएकाले सुनचाँदीको कारोबार सुनसान भए पनि वैशाख लागेपछि कारोबार बढ्ने व्यवसायीले अनुमान गरेका छन् ।

IME Life
kumari