stcnepal long ad
global ime bank long

बिग मार्टले थप नयाँ शाखा विस्तार गर्ने काठमाडौंमा २०० नयाँ शाखा खोल्दै 

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौं । बिग मार्टले थप नयाँ शाखा विस्तार गर्ने भएको छ । बजारमा रहेका नयाँ शाखालाई यथावत् सञ्चालन गर्दै कम्पनीले काठमाडौं उपत्यकाभित्रै थप २०० नयाँ शाखा विस्तार गर्ने योजना रहेको कम्पनीले बताएको छ ।

हामीले काठमाडौंको राम्रो ठाउँ भएको जुनसुकै वस्तिमा पनि शाखा विस्तार गर्ने तयारी गरेका छौं, राम्रो ठाउँ भयो भने उपत्यका बाहिर पनि जान सकिन्छ, अहिले ठाउँ हेर्ने काम भइरहेको छ, कम्पनी स्रोतले भन्यो ।

कम्पनीका अनुसार काठमाडौं उपत्यकामा मात्रै २०० नयाँ शाखा खोल्ने रणनीतिका साथ काम भइरहेको छ । पछिल्लो समय बजारमा नयाँ–नयाँ सुपरमार्केट सञ्चालनमा आइरहेको बेला बिगमार्टले फरक ढंगबाट आक्रामक किसिमले व्यावसायिक रणनीति बनाएको हो ।

अहिले बिगमार्टमा डेढ सय वटा शाखाहरु रहेका छन् भने पोखरामा पाँच वटा र चितवनमा चार वटा शाखा रहेका छन् ।

सन् २००९  जुलाईमा काठमाडौंको  कमलपोखरीस्थित सिटी  सेन्टरबाट बिगमार्टको सुरु भएको थियो । बिगमार्टले एउटै छानामुनी उपभोक्तालाई सबै खाले दैनिक उपभोग्य वस्तु उपलब्ध गराउने उद्देश्यका साथ स्थापना भएको थियो ।

बिगमार्टले किराना,  ताजा उत्पादन, घरायसी वस्तुसहित विभिन्न उत्पादन उपलब्ध गराउँदै आएको छ । अहिले उपभोक्ताको रोजाइमा बिगमार्ट परिरहेको छ ।

IME Lifesidebar
kumari