citizens life insurance long ad
evrest bank
stcnepal long ad
global bank
nabil bank

सुनको मूल्य आज फेरि ९ सय बढ्यो

kumari bank
Prabhu Insurance Long Ad
global bank

काठमाडौं । दुई दिन लगातार घटेको सुनको मूल्य आज भने प्रतितोला ९ सय रुपियाँ बढेको छ । दुई दिनमै सुनको मूल्य प्रतितोला १८ हजार ५ सय घटेको थियो ।

नेपाल सरकारले सुनको भन्सार दर १० प्रतिशतमा झरेसँगै सुनचाँदीको मूल्य तल ओर्लिएको थियो ।नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला एक लाख ४९ हजार ६ सय रुपियाँमा कारोबार भइरहेको छ ।

त्यस्तै आज चाँदी प्रतितोला १० रुपियाँ बढेर १ हजार ८ सय ३० रुपियाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

यसअघि कात्तिक १५ गते लक्ष्मीपूजाको दिन सुनको मूल्य बढेर प्रतितोला १ लाख ७१ हजारसम्म पुगेको थियो ।

gold
himalayan life insurance long ad