stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance

आज सुनको मूल्य एकैदिन तोलामा १५ हजार ९०० रुपैयाँले घट्यो

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्यमा भारी गिरावट देखिएको छ । गत साता बसेको मन्त्रिपरिषदको बैठकले सुन आयातमा भन्सारमा लिँदै आएको २० प्रतिशत शुल्कलाई आधा घटाएर १० प्रतिशतमा झार्ने निर्णय गरेसँगै सुनको मूल्य ह्वातै घटेको हो ।

आज सुनको मूल्य एकैदिन तोलामा १५ हजार ९०० रुपैयाँले ओरालो लागेको छ । नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा एक लाख ५१ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ ।

आइतबार सुन तोलामा एक लाख ६७ हजार २०० रुपैयाँमा कारोबार भइरहेको थियो । यता, चाँदी तोलामा ११५ रुपैयाँले घटेको छ । चाँदी प्रतितोला एक हजार ८४५ रुपैयाँमा कारोबार भइरहेको छ ।

prabhu mahalaxmi
kumari