evrest bank
stcnepal long ad
national life
global bank
nabil bank

बजारमा सुनको मूल्य प्रतितोला चार हजारले घट्यो 

Prabhu Insurance Long Ad
global bank

काठमाडौँ । बिहीबार नेपाली बजारमा सुनको मूल्य प्रतितोला चार हजारले घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घले बिहीबारका लागि सुनको मूल्य प्रतितोला एक लाख ६४ हजार पाँच सय रुपियाँ निर्धारण गरेको छ । बुधबार प्रतितोला एक लाख ६८ हजार पाँच सय रुपियाँमा कारोबार भएको थियो ।

यसै गरी, आज चाँदीको मूल्य पनि तोलामा ५५ रुपियाँले घटेको छ । बुधबार प्रतितोला २०१५ रुपियाँमा कारोबार भएको चाँदी आज १९६० रुपियाँ कायम गरिएको छ ।

अन्तर्राष्ट्रिय बजारमा सुनचाँदी मूल्यमा आएको उच्च गिरावटले नेपालमा प्रभाव देखिएको हो । अन्तर्राष्ट्रिय बजारअनुसार नेपालमा दैनिक सुनचाँदीको मूल्य समायोजन हुँदै आएको छ ।

igi long
himalayan life insurance long ad