sanima
shangrila development bank Long Ad
nabil bank
himalayan life insurance long ad

सुनको मूल्य नयाँ उचाइमा

चाँदीको भाउ भने घट्यो

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । नेपाली बजारमा बिहीबार सुनको भाउ हालसम्मकै उच्च स्तरमा पुगेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज लक्ष्मीपूजाका दिन सुनको भाउ तोलामा ३०० रुपैयाँले बढेको हो। योसँगै प्रतितोला छापावाल सुन १ लाख ७१ हजार रुपैयाँ पुगेको छ।

हिजो बुधबार पनि सुनको भाउ तोलामा २ हजार २०० रुपैयाँले बढेको थियो। यो दिन प्रतितोला छापावाल सुन १ लाख ७० हजार ७०० रुपैयाँमा कारोबार भएको छ। जुन हालसम्मकै उच्च थियो।

आज चाँदीको भाउ ३० रुपैयाँले तोलाको २ हजार ९० रुपैयाँ कायम भएको छ। हिजो तोलामा १५ रुपैयाँले बढेर चाँदी २ हजार १२० रुपैयाँमा किनबेच भएको थियो।

prabhu bank
nawakantipur long