stcnepal long ad
ime life insurance
national life
global ime bank long

पाटन हेरिटेज जेम्स एण्ड ज्वेलरी एक्स्पो २०२४ सञ्चालन हुने

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौ‌ । धार्मिक, आध्यात्मिक, सांस्कृतिक तथा पुरातात्विक महत्व बोकेको ललितपुरको पाटन क्षेत्रमा ‘पाटन हेरिटेज जेम्स एण्ड ज्वेलरी एक्स्पो २०२४’सञ्चालन हुन लागेको छ ।

ललितपुर रत्न तथा आभुषण संघ र रोटरी क्लब अफ पाटन हेरिटेजको संयुक्त आयोजनामा ‘समृद्धिका लागि सम्पदा संरक्षण’ मूल नाराका साथ असोज ११ देखि १३ गते सम्म एक्स्पो हुँदैछ ।

ऐतिहासिक पाटन क्षेत्रको प्रचार प्रसार तथा प्रवद्र्धनका साथै यहाँको समग्र विकासमा यो एक्स्पोले महत्वपूर्ण योगदान पुर्याउने ललितपुर रत्न तथा आभुषण संघका अध्यक्ष कृष्णलाल महर्जनले बताए ।

एक्स्पोमा सांस्कृतिक व्यापारिक, फुड र पर्यटन प्रवद्र्धनात्मक लगायत गरी २५ वटा स्टल रहनेछन् । ती स्टलहरुका माध्यमबाट स्थानीय उद्योग, व्यवसाय, नेपालमा पाइने खनिजका साथै कला, संस्कृति, सांस्कृतिक गहना तथा कलाकृतिहरुको प्रवद्र्धन हुने हामीले विश्वास लिएका छौं ।

स्थानीय कालिगढ, रत्न तथा आभूषण उद्यमी तथा व्यापारिक क्षेत्रसमेत एक्स्पोबाट प्रत्यक्ष लाभान्वित हुने विश्वास गरिएको छ ।

क्लासिक डाइमण्ड ज्वेलर्सको प्रस्तुतिमा एक्स्पोको मुख्य आकर्षण रहने गरी र्याम्प वाल्क हुँदैछ । एक्स्पोको अन्तिम साँझमा र्याम्प वाल्कमार्फत समापन कार्यक्रम हुनेछ ।

र्याम्प वाल्क युवा पुस्तामाझ चर्चित तथा लोकप्रिय रहेकाले कार्यक्रममा थप आकर्षण थपिनेछ । सो अवसरमा परम्परागत आभूषणहरुको प्रदर्शनी गरिने छ ।

पोशाक पनि नेपाली मौलिकता तथा परम्परागत शैलीका हुनेछन् । विश्व पर्यटन दिवसको अवसरमा नेपाली मौलिक संगीत तथा नृत्य लगायत मनोरन्जनात्मक प्रस्तुतीहरु रहनेछ ।

पछिल्लो समय कोभिड महामारी र त्यसपछि आर्थिक क्षेत्रमा देखिएको मन्दीका कारण आर्थिक क्षेत्रमा नकारात्मक प्रभाव परिरहेको छ ।

यस्तो विषम परिस्थितिमा आयोजित एक्स्पोको माध्यमबाट आर्थिक गतिविधि बृद्धि हुने अर्थतन्त्रमा समेत सकारात्मक योगदान पुग्ने अध्यक्ष महर्जनले बताए ।

IME Lifesidebar
kumari