अल्टिमाको दशैं अफर: उल्लेखनीय उपहार र छुट
काठमाडौं । नेपालको अग्रणी एसेसरिज ब्रान्ड अल्टिमा लाइफस्टाइलले आउँदै गरेको दसैंको अवसरमा आफ्ना ग्राहकहरूलाई उल्लेखनीय उपहार र छुटको व्यवस्था गरेको छ ।
उक्त अवसरमा १० करोड रूपैयाँभन्दा बढीको छुट, ३ करोड रूपैयाँ बराबरको उपहार र पाँच नयाँ उत्पादन बजारमा सार्वजनिक गर्ने बताएको छ ।
यही असोज ९ देखि असोज २२ (सेप्टेम्बर २५ देखि अक्टोबर ८, २०२४) सम्म चल्ने १४ दिने दसैं मेला विभिन्न आकर्षक डिलहरू जस्तैः ‘डिल अफ द डे,’ ‘बाइ वान गेट वान,’ र ‘१ रूपैयाँ गेम’ समावेश छन् ।
यस वर्षको मेलामा अल्टिमाले आफ्नो सेवा विस्तारलाई पनि प्रमुख स्थानमा राखेको छ, जसमा साउन्डबार, स्पिकरहरू, टिकाउ स्मार्टवाच, प्रभावशाली पावरबैंकहरू र प्रिमियम इयरबड्स सार्वजनिक हुँदै छन् ।
अल्टिमाले दसैंको अवसरमा आकर्षक नयाँ वस्तुहरू बजारमा ल्याई बहुआयामिक सेवा प्रदान गर्नुका साथै पाँच नयाँ उत्पादन ल्याउँदै छ ।
यो मेलामा अल्टिमाले पाँच नयाँ उत्पादनहरू सार्वजनिक गर्दै छ, जुन यसको उत्पादनमा नयाँ कोसेढुंगा सावित हुनेछ ।
प्रिमियम होम थिएटर अनुभव प्रदान गर्न डिजाइन गरिएका अल्टिमा वेभबार १२० र अल्टिमा वेभबार २००, शक्तिशाली स्पिकरहरू १२० डब्ल्यू र २०० डब्ल्यू दुई भेरियन्टहरूमा उपलब्ध छन्, जसमा बुस्टर, ब्लुटुथ कनेक्टिभिटी र वास्तविक आरएमएस मद्दत हुनेछ ।