evrest bank
citizens life insurance long ad
stcnepal long ad
national life
global bank

स्थानीय बजारमा आज सुनको मूल्यहालसम्मकै उच्च

Prabhu Insurance Long Ad
global bank

काठमाडौँ । स्थानीय बजारमा आज सुनको मूल्यले पुनः नयाँ कीर्तिमान कायम गरेको छ । लगातार वृद्धि हुँदै  आएको  सुनको मूल्यमा आज भएको वृद्धिपछि  हालसम्मकै  उच्च मूल्य  कायम  भएको हो । अन्तर्राष्ट्रिय बजारमा पनि लगातार सुनमा मूल्य वृद्धि हुँदा त्यसको प्रभाव स्थानीय बजारमा परेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज तोलामा रु एक हजार सात सयले वृद्धि भएको छ । शुक्रबार प्रतितोला रु. एक लाख ५७ हजार एक सयमा कारोबार भएको छापावाला सुन आजका लागि रु एक लाख ५८ हजार आठ सय निर्धारण भएको छ ।

असोज १ गतेको तुलनामा आजको मूल्यसूची अनुसार छापावाला सुन तोलामा रु दुई हजार एक सयले वृद्धि भएको छ ।

यस्तै, चाँदीको मूल्य तोलामा रु. पाँचले वृद्धि भएको छ । शुक्रबार प्रतितोला रु एक हजार नौ सय १५ मा कारोबार भएको चाँदी आजका लागि भने रु एक हजार नौ सय २० निर्धारण भएको छ ।

himalayan life insurance
igi long