stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance

बढ्दै निरन्तर बढ्दै गएको सुनको मूल्य यो सातादेखि घट्न थाल्यो 

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौँ । स्थानीय बजारमा सुनको मूल्य घट्न थालेको छ । लामो समयदेखि बढ्दै निरन्तर बढ्दै गएको सुनको मूल्य यो सातादेखि घट्न थालेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार सोमबार प्रतितोला एक लाख ३८ हजार दुई सय रुपियाँमा कारोबार भएको सुनको मूल्य मङ्गलबार एकै दिन तोलामा दुई हजार सात सय रुपियाँले घटेर एक लाख ३५ हजार पाँच सय रुपियाँमा झरेको छ ।

अन्तर्राष्ट्रिय बजारमा मूल्य घट्दै गएपछि त्यसको प्रभाव स्थानीय बजारमा पर्न गएको हो । एक महिनाअघिदेखि सुनको मूल्य निरन्तर बढ्दै गएर एक लाख ३९ हजार तीन सय रुपियाँसम्म पुगेको थियो ।

पछिल्लो एक सातादेखि सुनको मूल्यमा उतारचढाव हुँदै गएको छ । सुनको मूल्य सामान्य रूपमा घट्दै गए पनि स्थानीय बजारमा भने कारोबार बढ्न सकेको छैन ।

वैशाख महिनाको लगनको समय सकिएको र मूल्य बढेका कारणले बजारमा सुनको माग कम भएको व्यवसायीको भनाइ छ । सुन पसलमा फाट्टफुट्ट कारोबार भए पनि उत्साहपूर्वक नभएको व्यवसायीको भनाइ छ ।

यस्तै चाँदीको मूल्य तोलामा ४५ रुपियाँले घटेको छ । सोमबार प्रतितोला एक हजार ७०५ रुपियाँमा कारोबार भएको चाँदीको मूल्य घटेर एक हजार ६६० रुपियाँमा कारोबार भएको महासङ्घले जनाएको छ । सुनको मूल्यसँगै चाँदीको मूल्यसमेत पछिल्लो समय निरन्तर बढ्दै गएको थियो ।

prabhu mahalaxmi
kumari