stcnepal long ad
global ime bank long

सुजल फुड्स प्रा.लि.ले चोकोफन जोय बजारमा

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौं । कन्फेक्सनेरी कम्पनी सुजल फुड्स प्रा.लि.ले चोकोफन जोय बजारमा ल्याएको छ । चोकोफन जोय नेपालकै प्रथम स्क्वायर मोल्डेड चकलेट हो जुन पर्याप्त मात्रामा न्यूनतम मूल्यमा ल्याइएको कम्पनीले जनाएको छ ।

यसले गर्दा विगतमा विदेशी चकलेटमा निर्भर्तालाई तोडेर नेपालमै अन्तराष्ट्रिय स्तरको सजिलो, सस्तो र उच्चकोटीको चोकोफन जोय चकलेट उपभोग गरी चकलेट को मज्जा लिन सकिन्छ।

बर्गाकार आकारमा, कोकाको अनुपम स्वाद र मिठासले भरीपूर्ण चोकोफन जोय स्वादिष्ट छ। चोकोफन जोय मुखमा राख्नन साथ पग्लिन्छ र आनन्द प्रदान गर्दछ। आकर्षक बर्गाकर आकारमा नै यसको अर्को विशेषता हो जुन हेर्दा जो कोहीलाई पनि खाउँ खाउँ लाग्ने कम्पनीको दाबी छ ।

गुलाबी र बैजनी रङमा प्याकेजिङ्ग गरिएको चोकोफन जोय को डिजाइन अत्यन्तै आकर्षक र प्रिमियम छ भने सुन्दर चम्किलो सुनौलो जोय को फन्टले चोकोफन जोय को प्याकेजिङ्गलाइ अझ बढी उत्कृष्ट र आकर्षक देखायको छ। प्याकको बाहिरी भागमा चकलेटको डीजाइन पनि आकर्षित ढङ्गमा देखाइएको कम्पनीले जनाएको छ ।

चोकोफन जोय जार र बक्स दुबैमा उपलब्ध छ। दुबैमा उत्पादनका विशेषताहरू स्पष्ट रूपमा देखैएको छ र जार भित्रको उत्पादन पनि सजिलै देख्न सकिन्छ ।

चोकोफन जोय ७० पिसको जार र ४५ पिसको बक्समा बजारमा उपलब्ध छ जुन अत्यन्तै आकर्षक छ र यसले उत्पादनलाई सुन्दर र प्रिमियम बनाएको छ ।

यसको कार्टुन बक्स पनि चम्किलो बैजनी रंगमा उपलब्ध छ। चोकोफन जोय मात्र रु १० को अधिकतम खुद्रा मूल्य मा ८ ग्रामको माउथफुल साइजमा बजारमा सर्बत्र उपलब्ध छ।

चोकोफन जोय को उत्पादन संसारकै अत्याधुनिक चकलेट उत्पादन प्रबिधिको प्रयोग गरी औटोमटिक मसिनरीबाट अति स्वस्थकर वाताबरणमा उत्पादन गरिन्छ।

अन्तराष्ट्रिय गुणस्तरको उत्कृष्ट चकलेट तथा अन्य कच्चा पदार्थ प्रयोग गरिने यस चोकोफन जोय को गुणस्तर तथा स्वादमा एकरुपता हुन्छ।

सुजल फूड्स प्रा लि नेपाल को अग्रणी मिठाइ बनाउने कम्पनी कम्पनी हो, जुन आइएसओ २२०००स्२०१८ प्रमाणित छ र यो लक्ष्मी समूहको प्रमुख भगिनी संस्था हो।

सुजल फूड्सले बिगत ५० वर्ष देखि अन्तरास्ट्रिय स्तरको वेफर, बबलगम, ललिपोप, टफी, क्यान्डी आदि उत्पादन र बिक्रि वितरण गर्दै आएको छ।

कम्पनी को लोकप्रिय ब्रान्डहरुमा चोकोफन, क्रेभ, रसिलो, फ्रेसो, क्यान्डीम्यान र फ्रेसडेन्ट आदि पर्दछन जसले लाखौ उपभोक्ताहरुको बर्सौ देखि मन जित्न सफल रहेको छ।

त्यसैगरि चोकोफन जोय को अनुपम स्वाद र मिठासले उपभोक्ताहरुको मन जित्न सफल रही बालबालिका तथा युवाहरुको जीवनको अभिन्न अंगभै धेरै रमाइलो र खुसि प्रदान गर्नेछ भन्ने कुरामा कम्पनी बिश्वस्त छ।

IME Lifesidebar
kumari