‘टेस्ला’ ले आफ्ना १०% भन्दा बढी कर्मचारी कटौती गर्ने
काठमाडौं । अर्बपति इलन मस्कको विद्युतीय कार कम्पनी ‘टेस्ला’ ले आफ्ना १०% भन्दा बढी कर्मचारी कटौती गर्ने भएको छ ।
बजार मूल्यको आधारमा विश्वको सबैभन्दा ठूलो अटो–निर्माता टेस्लाले सन् २०२४ को पहिलो त्रैमासमा कार बिक्री घटेको बताएको थियो । उत्पादन बिक्री घटेसँगै कर्मचारी कटौतीको खबर बाहिरिएको हो ।
गत डिसेम्बरसम्ममा विश्वव्यापीरुपमा टेस्लामा १ लाख ४० हजार ४७३ कर्मचारीहरु रहेको रोयटर्सले लेखेको छ । टेस्लाले यसै अप्रिल २३ मा आफ्नो त्रैमासिक आम्दानी रिपोर्ट सावैजनिक गर्दैछ ।
पहिलो त्रैमासमा सवारी साधनको डेलिभरीमा गिरावट आएका कारण आम्दानी पनि प्रभावित हुने अनुमान गरिएको छ
।करिब ४ वर्षमा पहिलो पटक टेस्लाको सवारी बिक्रीमा गिरावट आएको हो । यसैबीच, कम्पनीले सस्तो विद्युतीय कार बनाउने मस्कको लामो समयदेखिको योजनालाई पनि खारेज गरेको छ । टेस्लाको सेयर सोमबारको प्रिमार्केट कारोबारमा ०.८५ ले घटेको छ ।