macchha(MBL)
stcnepal long ad
himalayan Everest Insurance long ad
nabil bank

फागुन महिनाको पहिलो दिन सुनको भाउ घटे

Prabhu Insurance Long Ad
himalayan Everest Insurance long ad

काठमाडौं । फागुन महिनाको पहिलो दिन सुनको भाउ घटेको छ । नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाल सुन प्रतितोला ३०० रुपैयाँले घटेर १ लाख १७ हजार ७०० रुपैयाँ कायम भएको छ ।

यसैगरी, तेजावी सुनको मूल्य तोलाको १ लाख १७ हजार १५० रुपैयाँ कायम भएको छ । यसअघि सोमबार छापावाल सुनको भाउ प्रतितोला १ लाख १८ हजार रुपैयाँ कायम रहेको थियो ।

यसैगरी, तेजावी सुनको मूल्य तोलाको १ लाख १७ हजार ४५० रुपैयाँ कायम कायम रहेको थियो । यता, आज चाँदीको भाउ भने स्थिर रहेको छ । मंगलबार चाँदीको भाउ प्रतितोला १३ ९५ रुपैयाँ कायम रहेको छ ।

सोमबार पनि चाँदी सोही मूल्यमा किनबेच भएको थियो । अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस २ हजार १९।०३ डलरमा र चाँदी प्रतिऔंस २२।७१ डलरमा कारोबार भइरहेको छ ।

himalayan life insurance
igi long
NTA long ad