macchha(MBL)
stcnepal long ad
himalayan Everest Insurance long ad
nabil bank

नेपाली बजारमा सुनको भाउ बढेर १ लाख २१ हजार रुपैयाँ नजिक

Prabhu Insurance Long Ad
himalayan Everest Insurance long ad

काठमाण्डौ । नेपाली बजारमा सुनको भाउ बढेर १ लाख २१ हजार रुपैयाँ नजिक पुगेको छ। साताको पहिलो कारोबार दिन आइतबार सुनको भाउ तोलामै १ हजार ८०० रुपैयाँले बढेको छ।

आज प्रतितोला छापावाला सुन १ लाख २० हजार ८०० रुपैयाँ र तेजाबी सुन १ लाख २० हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ।

सुनको आजको भाउ हालसम्मकै उच्च हो। यो भाउले गत मंसिर १३ गतेको उच्च रेकर्डलाई तोडेको छ। गत मंसिर १३ गते प्रतितोला छापावाला सुन १ लाख १९ हजार ३०० रुपैयाँ र तेजाबी सुन १ लाख १८ हजार ७५० रुपैयाँमा कारोबार भएको थियो।

आज चाँदीको भाउ पनि नयाँ उचाइ चुमेको छ। आज तोलामा ५ रुपैयाँले बढेर चाँदी १ हजार ५४५ रुपैयाँमा कारोबार भइरहेको छ। गत शुक्रबार चाँदी १ हजार ५४० रुपैयाँमा कारोबार भएको थियो। जुन अहिलेसम्मकै उच्च थियो।

himalayan life insurance
igi long
NTA long ad