stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance

टेक स्टूडियोले ल्यायो एक्यूफिट स्मार्टवाचको हरेक खरिदमा नि:शुल्क मोबाइल फोन पाईने अफर

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं। टेक स्टुडियो प्रा. लिमिटेडले’एक्यूफिट (AQFiT) स्मार्टवाचको हरेक खरिदमा नि:शुल्क मोबाइल फोन पाउनुहोस्’ भन्ने ट्याग लाइनको साथ आगामी तिहारको लागि विशेष योजना घोषणा गरेको छ।

यस योजनाले प्रत्येक चयनित मोडेल एक्यूफिट स्मार्टवाचको खरिदमा निस्शुल्क मोबाइल फोन प्रदान गर्दछ। चयन गरिएका मोडलहरूमा एक्यूफिट डब्लु १६, एक्यूफिट डब्लु १८ (म्याक्स जीटी) र एक्यूफिट डब्लु २ (कस्मिक प्लस) समावेश छन्, जसको प्रस्ताव मूल्य क्रमशः रु.३,९९९, रु.४,९९९ र रु.६,९९९ तोकिएको छ।

एक्यूफिट डब्लु १६ को खरीद संग, केजीटेल १०५ मोबाइल फोन निस् शुल्क प्रस्ताव गरिएको छ। जहाँ, एक्यूफिट डब्लु १८ (म्याक्स जीटी) AQFiT W18 (Max GT) को खरिदमा केजीटेल १०६ (KGTEL 106) मोबाइल फोन निस्शुल्क र केजीटेल २४३ (KGTEL 243) मोबाइल फोन एक्यूफिट डब्लु २० (कस्मिक प्लस) AQFiT W20 (Cosmiq+) को खरिदमा निस्शुल्क उपलब्ध गराइनेछ।

केजीटीईएल १०५, १०६ र २४३ मोबाइलको बजार मूल्य क्रमशः रु.१५००, रु.१,८०० र रु.२,००० तोकिएको छ। यो प्रस्ताव नोभेम्बर १ तारिख २०१३ अर्थात कात्तिक १५ गतेदेखि नोभेम्बर १० तारिख अर्थात कात्तिक २४ गतेसम्म मात्र मान्य हुनेछ।

prabhu mahalaxmi
kumari