stcnepal long ad
ime life insurance
national life
global ime bank long

सिजीको दशैं अफरः रु. ५६ हजारसम्म छुट, विदेशमा भन्दा नेपालमै सस्तो

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौं । सिजी इलेक्ट्रोनिक्सले दशैं, तिहार, छठ अफर सार्वजनिक गरेको छ । सिजीले ‘घर सजाऔं खुशीले चाड  मनाउऔं’ अफर  योजना  अन्तर्गत रु. ५६ हजारसम्म नगद छुट दिने भएको हो ।

सिजीले आफ्नो कुनै पनि इलेक्ट्रोनिक समान खरिदमा भारी छुटको घोषणा गरेको हो । सिजीको कुनैपनि सामानको खरिदमा रु् ५६ हजारसम्मको नगद छुट पाइने सेल्स म्यानेजर हरीचन्द्र अर्यालले बताए ।

अर्यालले भने, ‘सिजीले घर सजाऔं खुशीले चाड मनाऔं योजना’ अन्तर्गत हामीले हाम्रा उत्पादनमा भारी छुटको व्यावस्था गरेका छौं, यो योजना अन्तर्गत ग्राहकले प्रत्येक सामानमा छुट प्राप्त गर्न सक्नेछन् भने रु. ५६ हजारसम्म नगद छुट पाउन सक्नेछन् ।’

सिजीको नेटवर्क र डिलरसिप धेरै भएका कारण बिक्रीपछिको सुविधा पनि राम्रो रहेको अर्यालले बताए । सिजी ग्रुपले सम्पूर्ण इलेक्ट्रोनिक सामाग्री एसेम्बल तथा आयात गरी बिक्री वितरण गर्दै आइरहेको छ ।

\टेलिभिजन क्षेत्रमा सिजी कम्पनी लिडिङ कम्पनीको रुपमा रहेको म्यानेजर अर्यालले बताए । सिजीले टेलिभिजनको पार्टपूर्जा मगाएर नेपालमै एसेम्बल गरिरहेको छ ।

टेलिभिजनामा तीन वर्षसम्मको वारेन्टी प्रदान गरेको छ । यस्तै टेलिभिजन खरिद गर्दा किस्ताबन्दीको सुविधा समेत दिएको छ । यसरी किस्ताबन्दी खरिद गर्दा कुनै ब्याज र टेलिभिजनको मूल्य बढि तिर्नु नपर्ने कम्पनीले दाबी गरेको छ ।

विदेश बस्ने नेपालीले विदेशमा टेलिभिजन खरिद गर्नु भन्दा नेपालमै टेलिभिजन खरिद गर्दा फाइदा पुग्ने म्यानेजर अर्यालको भनाई छ ।

अर्यालले भने, ‘विदेशबाट फर्केकाले टेलिभिजन ल्याउँदा धेरै जोखिम हुन जान्छ, यसको तुलनामा नेपालमै खरिद गर्दा धेरै हिसाबले सस्तो पर्न जान्छ।’

IME Lifesidebar
kumari