stcnepal long ad
shangrila development bank Long Ad
nabil bank
macchha(MBL)
Everest Bank

नेपालमा टर्किस पर्फ्युम ब्रान्ड निसनेका उत्पादनको विक्री सुरु

Nimb long ad
Prabhu Insurance Long Ad
national life

काठमाडौं । नेपालमा टर्किस पर्फ्युम ब्रान्ड निसनेका उत्पादनको विक्री सुरु भएको छ । नेपाली बजारमा ब्रान्डेड पर्फ्युम विक्री गर्दै आइरहेको इना सेन्टरले निसने ब्रान्डका पर्फ्युम भित्र्याएको हो ।

इना सेन्टरले नेपालमा ३० वर्षदेखि अन्तर्राष्ट्रिय ख्याति प्राप्त ब्रान्डका पर्फ्युम आयात तथा बिक्री वितरण गर्दै आएको छ ।

न्यूरोड, सिभिल मल, दरबार मल तथा बबरमहल रिभिजिटेडमा रहेको शोरुमबाट निसने ब्रान्डका पर्फ्युम बिक्री हुने इना सेन्टरका प्रबन्ध निर्देशक उद्धव बर्तौलाले जानकारी दिए ।

इनाले हाल क्लिभ क्रिष्टियन, लिक्विड्स इमेजिनरिज, टिजियाना, एसेन्सियल, भिक्यान्टो लगायत ब्रान्डका पफ्र्युम बिक्री गर्दै आइरहेको छ ।

निसने छोटो समयमा स्थापित टर्कीश ब्राण्ड हो । यो ब्रान्डका पर्फ्युमहरु विश्वका सर्वाधिक बिक्री हुने पाँच उत्कृष्ठ पर्फ्युममध्येको सूचीमा पर्ने कम्पनीको भनाइ छ ।

निसनेका उत्पादनहरुमध्ये उत्कृष्ट पाँच ब्राण्डहरु ह्यासिभ्याट, हन्ड्रेड साइलेन्ट वेज, एनी एक्स, फ्यान योर फ्लेम्स, वुलोङ चा इना सेन्टरको एक्स कलेक्सनमा उपलब्ध छन् ।

prabhu mahalaxmi
kumari