citizens life insurance long ad
stcnepal long ad
ime life insurance
global bank

प्रधानमन्त्री वालेन्द्र शाहले भोलिदेखि भारतको दुई दिने राजकीय भ्रमण गर्नुहुँदै

Nimb long ad
Prabhu Insurance Long Ad
global bank

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाह भारतको दुई दिने राजकीय भ्रमणका लागि भोलि भारतको राजधानी नयाँ दिल्ली जादै हुनुहुन्छ । प्रधानमन्त्री शाह भोलि अपरान्ह नेपाल वायुसेवा निगमको जहाज मार्फत नयाँ दिल्ली जानुहुनेछ ।

प्रधानमन्त्री शाहको आसन्न भारत भ्रमणलाई नेपाल–भारतबीचको आर्थिक साझेदारी विस्तार र निजी क्षेत्रको सहकार्यका लागि महत्वपूर्ण अवसरका रुपमा हेरिएको छ । यो भ्रमणका क्रममा राजनीतिक भेटवार्ता मात्रै नभई व्यापार, लगानी र व्यावसायिक सम्बन्धलाई प्राथमिकता दिने गरी तयारी गरिएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार भ्रमणका क्रममा प्रधानमन्त्री शाहले भारतीय समकक्षी नरेन्द्र मोदीसँग प्रतिनिधिमण्डल स्तरीय वार्ता गर्नुहुने छ ।

यसैगरी भारतका  राष्ट्रपति द्रौपदी मुर्मू र विदेशमन्त्री एस जयशंकरसँग पनि भेटवार्ता गर्ने कार्यक्रम छ । प्रधानमन्त्रीको भ्रमणका क्रममा आर्थिक एजेण्डालाई प्राथमिकताका साथ उठाइने भएको छ ।

यसक्रममा नेपाल र भारतका निजी क्षेत्रबीच प्रत्यक्ष संवाद र सहकार्य विस्तारका विषयमा छलफल हुनेछ । भ्रमणका क्रममा उर्जा सहकार्य र सीमापार सम्पर्क सञ्जाल विस्तारसँग सम्बन्धित परियोजना उद्घाटन तथा नयाँ परियोजनाको शिलान्यास गर्ने तयारी रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।।

IME Life
kumari