citizens life insurance long ad
stcnepal long ad

राष्ट्रिय परिचयपत्रको विवरण प्रमाणीकरण नभए पनि सेवा प्रवाह नरोकिने

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले राष्ट्रिय परिचयपत्रको विवरण प्रमाणीकरण नहुँदा पनि सार्वजनिक सेवा प्रवाह भइरहेको स्पष्ट पारेको छ । आज एक सूचना जारी गर्दै विभागले राहदानी, बैंक तथा वित्तीय सेवा, सवारी चालक अनुमतिपत्रलगायत सेवा प्रवाहमा समस्या नहुने उल्लेख गरेको हो ।

राष्ट्रिय परिचयपत्र नम्बर प्राप्त गरेका नागरिकको विवरण प्रमाणीकरणमा ढिलाइ भए पनि सार्वजनिक सेवा नरोक्न सम्बन्धित निकायलाई विभागले आग्रह गरेको हो ।

विभागका अनुसार राष्ट्रिय परिचय व्यवस्थापन सूचना प्रणालीमा नागरिकको विवरण दर्ता तथा राष्ट्रिय परिचय नम्बर जारी गर्ने कार्य नियमित रूपमा भइरहेको छ ।

तर, नागरिकको विवरण प्रमाणीकरण गर्न आवश्यक पर्ने अटोमेटिक बायोमेट्रिक इन्फर्मेसन सिस्टमको क्षमताका कारण केही नागरिकको विवरण प्रमाणीकरणमा ढिलाइ भएको हो ।

विभागले गत असोज १ गतेपछि राष्ट्रिय परिचयपत्रका लागि विवरण दर्ता गराई राष्ट्रिय परिचय नम्बर प्राप्त गरेका नागरिकको हकमा यस्तो समस्या देखिएको जनाएको छ ।

‘अटोमेटिक बायोमेट्रिक इन्फर्मेसन सिस्टम’ (स्वचालित रूपमा मानिसको विवरण प्रमाणीकरण गर्ने प्रणाली) को क्षमता विस्तार गर्ने कार्य अन्तिम चरणमा पुगेको उल्लेख गर्दै विभागले आगामी दुई साताभित्र उक्त कार्य सम्पन्न भई विवरण प्रमाणीकरण सेवा नियमित हुने अपेक्षा गरेको छ ।

पछिल्लो समय राष्ट्रिय परिचयपत्र सम्बन्धी विवरण प्रमाणीकरणमा समस्या हुँदा विशेषगरी सवारी चालक अनुमतिपत्र सम्बन्धी सेवा लिन असहज भएको भन्दै सेवाग्राहीबाट  गुनासो आउने गरेको थियो ।

यस्तो अवस्थालाई सम्बोधन गर्दै विभागले गत असोज १ गतेपछि विवरण दर्ता गरी राष्ट्रिय परिचय नम्बर प्राप्त गरेका नागरिकको विवरण प्रमाणीकरण नभएकाहरू सार्वजनिक सेवा प्राप्त गर्नबाट वञ्चित हुन नपर्ने जनाएको छ ।

विभागले यस विषयमा राष्ट्रिय परिचय व्यवस्थापन सूचना प्रणालीसँग अन्तरआबद्ध भएका सेवा प्रदायक निकायलाई जानकारी गराउनुका साथै आवश्यक समन्वय गरिसकेको जनाएको छ ।

विभागले सम्बन्धित सबै निकायलाई उक्त व्यवस्थाबारे जानकारी गराउँदै प्रमाणीकरणमा देखिएको प्राविधिक समस्याका कारण सेवाग्राहीलाई सेवा प्राप्त गर्न असहज हुने अवस्था हुन नदिन आग्रह गरेको छ ।

IME Life
kumari