stcnepal long ad
global ime bank long

रिलायन्स स्पिनिङ मिल्सको ३० प्रतिशत नगद लाभांश घोषणा

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौं । रिलायन्स स्पिनिङ मिल्स लिमिटेडको भदौ २९ गते साँझ ५ बजे बसेको कम्पनीको सञ्चालक समितिको ४२२औं बैठकले ३० प्रतिशत लाभांश घोषणा गरेको छ।

बैठकबाट गत आर्थिक वर्ष २०८२/०८३ को वित्तीय विवरण पारित गरी कम्पनीको हाल कायम चुक्ता पूँजी १ अर्ब ९० करोड रुपैयाँको ३० प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय भएको हो।

यस अनुसार कम्पनीले आफ्ना शेयरधनीहरुलाई ५७ करोड रुपैयाँ बराबरको नगद लाभांश (कर सहित) बाँड्नेछ। नियामकीय निकायबाट स्वीकृत भई कम्पनीको अब बस्ने वार्षिक साधारणसभाबाट पारित भएपछि वितरण हुनेछ।

यसका लागि कम्पनीले आउँदो असोज २२ गते बिहीबार काठमाडौंको बत्तिसपुतलीस्थित अनुपम फुड ल्याण्ड एण्ड बैंक्वेटमा बिहान ९ बजे ३२औं वार्षिक साधारणसभा बोलाएको छ भने असोज १४ गते एक दिन बूक क्लोज गर्ने निर्णय पनि गरेको छ।

IME Lifesidebar
kumari