stcnepal long ad
global ime bank long

रसुवा बाढीपछि होटल, रेष्टुरेन्ट तथा ब्याङ्क्वेट व्यवसायमा गम्भीर असर

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौं । भदौ १० गते आएको बाढी तथा त्यसपछि विभिन्न स्थानमा गएको पहिरोका कारण होटल, रेष्टुरेन्ट तथा ब्याङ्क्वेट व्यवसायीहरू प्रत्यक्ष रूपमा प्रभावित भएका छन्।

बाढीपहिरोका कारण खाद्यान्न, ग्यासलगायत अत्यावश्यक सामग्रीको आपूर्ति तथा ढुवानीमा समस्या हुँदा व्यवसाय सञ्चालनमा कठिनाइ बढेको व्यवसायीहरूले बताएका छन्।

विशेषगरी एलपी ग्यासको अभावले रेष्टुरेन्ट तथा होटल व्यवसायीलाई थप समस्या परेको छ। ग्यास लिन व्यवसायीहरूले आफैं गाडी भाडामा लिएर बर्दिबास तथा चितवनसम्म पुग्नुपर्ने अवस्था आएको र त्यसरी ग्यास ल्याउँदा ढुवानी खर्चसमेत जोडिँदा ग्यासको वास्तविक लागत निकै महँगो पर्ने व्यवसायीहरूको भनाइ छ। ग्यास ल्याउन नसके व्यवसाय नै बन्द गर्नुपर्ने बाध्यता सिर्जना हुने उनीहरूको गुनासो छ।

त्यस्तै, कृष्णभीरमा गएको पहिरो तथा सडक अवरोधका कारण दैनिक उपभोग्य वस्तु तथा खाद्यान्नको ढुवानी प्रभावित भएको छ। सामान ढुवानीमा समय र खर्च दुवै बढ्दा होटल तथा रेष्टुरेन्टमा प्रयोग हुने अधिकांश सामग्रीको मूल्य बढेको व्यवसायीहरू बताउँछन्।

व्यवसायीहरूका अनुसार सामग्रीको मूल्य निरन्तर बढ्दै जाँदा पुरानै मूल्यमा सेवा दिन कठिन भइरहेको छ। केही समयका लागि मेनुमा रहेका परिकारको मूल्य समायोजन गर्नुपर्ने अवस्था आउन सक्ने भए पनि ग्राहकमा प्रत्यक्ष असर पर्ने भएकाले व्यवसायीहरू थप दबाबमा छन्।

“ग्यास ल्याउन आफैं गाडी भाडामा लिएर टाढासम्म जानुपर्ने, ल्याउँदा लागत महँगो पर्ने र नल्याउँदा व्यवसाय बन्द हुने अवस्था छ।

बाढीपहिरोका कारण खाद्यान्न तथा अन्य सामग्रीको मूल्य पनि बढेको छ। यस्तो अवस्थामा होटल, रेष्टुरेन्ट र ब्याङ्क्वेट व्यवसायलाई टिकाउन सरकारको तत्काल ध्यान आवश्यक छ,” व्यवसायीहरूको भनाइ रहेको छ।

IME Lifesidebar
kumari