बाढीपहिरो प्रभावितका लागि फास्ट फुड एशोसिएशन नेपालको ३ लाख ३ हजार ३ सय ३३ रुपैयाँ सहयोग
काठमाडौं । बाढीपहिरोबाट प्रभावित नागरिकको राहत तथा उद्धारका लागि फास्ट फुड एशोसिएशन नेपालले रु. ३ लाख ३ हजार ३ सय ३३ सहयोग गरेको छ।
एशोसिएशनकाे नेतृत्वमा संकलित उक्त सहयोग रकम यसाेसियसनका अध्यक्ष हाेमराज श्रेष्ठ दावारा अर्थमन्त्री स्वर्णिम वाग्लेलाई हस्तान्तरण गरिएको हो। रकम हस्तान्तरण कार्यक्रममा फास्ट फुड एशोसिएशन नेपालका कार्यसमिति सदस्य तथा सल्लाहकारहरूको समेत उपस्थिति रहेको थियो।
प्राकृतिक विपद्का कारण प्रभावित परिवारको पीडा कम गर्न तथा राहत कार्यमा सहयोग पुर्याउने उद्देश्यले एशोसिएशनले उक्त रकम प्रदान गरेको जनाएको छ।
रकम हस्तान्तरण गर्दै एशोसिएशनका अध्यक्ष हाेमराज श्रेष्ठले विपद्को समयमा निजी क्षेत्र तथा व्यवसायीहरू पनि सामाजिक उत्तरदायित्वका साथ पीडितको साथमा उभिनुपर्ने बताए।
उनले बाढीपहिरोबाट प्रभावित नागरिकलाई तत्काल राहत तथा पुनःस्थापनाका लागि सबै क्षेत्रको सहकार्य आवश्यक रहेको उल्लेख गरे।
कार्यक्रममा एशोसिएशनका पदाधिकारी, कार्यसमिति सदस्य तथा सल्लाहकारहरूले विपद्का बेला मानवीय सेवामा हातेमालो गर्दै आगामी दिनमा पनि आवश्यक सहयोग जारी राख्ने प्रतिबद्धता व्यक्त गरे।























