stcnepal long ad
global ime bank long

डेपुटी गभर्नर रावलले लिए शपथ

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौँ । नेपाल राष्ट्र बैंकका नवनियुक्त डेपुटी गभर्नर दीर्घबहादुर रावलले आफ्नो पद तथा गोपनीयताको शपथ लिएका छन् । गभर्नर प्रा.डा.विश्वनाथ पौडेलसमक्ष शपथ ग्रहण गरे लगत्तै उनले आजैबाट आफ्नो पद बहाली समेत गरेका छन्।

मन्त्रिपरिषद्को यही बुधबार बसेको बैठकले रावल डेपुटी गभर्नर पदमा नियुक्त गरेको थियो । शपथ ग्रहण समारोहमा गभर्नर पौडेलले नवनियुक्त डेपुटी गभर्नर रावललाई बधाई ज्ञापन गर्दै सफल कार्यकालको शुभकामना दिएका छन् ।

डेपुटी गभर्नर रावल लामो समयदेखि राष्ट्र बैंकको सेवामा कार्यरत छन् । उनी २०६२ साल माघ २ गते सहायक निर्देशकको रूपमा बैंक सेवामा प्रवेश गरेका थिए । त्यसपछि उनी २०६९ सालमा उपनिर्देशक र २०७५ सालमा निर्देशक हुँदै अघि बढेका थिए।

पछिल्लो पटक उनी २०८२ जेठ १९ गते कार्यकारी निर्देशकमा पदोन्नति भएका थिए। डेपुटी गभर्नरमा नियुक्त हुनुअघि रावलले बैंक सुपरिवेक्षण विभागको नेतृत्व सम्हाल्दै आएका थिए।

IME Lifesidebar
kumari