citizens life insurance long ad

स्वास्थ्य बिमा अन्तर्गत ३७६ स्वास्थ्य संस्थालाई तीन अर्ब ५६ करोड भुक्तानी

prabhu mahalaxmi
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौँ । स्वास्थ्य बिमा कार्यक्रम अन्तर्गत विभिन्न जिल्लाका ३७६ स्वास्थ्य संस्थालाई तीन अर्ब ५६ करोड आठ लाख ९४ हजार ९६० रुपियाँ ६९ पैसा भुक्तानी गरिएको छ।

स्वास्थ्य बिमा कार्यक्रमको २०८२ माघ र फागुन महिनाको सेवाबापत स्वास्थ्य संस्थालाई उक्त रकम भुक्तानी गरिएको हो। भुक्तानी पाउनेमा सरकारी अस्पताल, प्राथमिक स्वास्थ्य केन्द्र, नगर अस्पताल, आँखा अस्पताल तथा निजी तथा शिक्षण अस्पतालसमेत छन्।

भुक्तानी विवरणमा ठूला अस्पतालसँगै दुर्गम तथा ग्रामीण क्षेत्रमा रहेका प्राथमिक स्वास्थ्य केन्द्र, आधारभूत अस्पताल र जिल्ला अस्पताल लगायत सबै सेवा प्रदायक समेटिएका छन्।

स्वास्थ्य बिमाअन्तर्गत सेवा प्रदान गरेका स्वास्थ्य संस्थाले गरेको दाबीको रुजु तथा मूल्याङ्कनका गरी स्वीकृत विवरणका आधारमा रकम भुक्तानी गरिएको हो।

IME Lifesidebar
kumari