काठमाडौँ । धान रोपाइँको मुख्य सिजनलाई लक्षित गर्दै रासायनिक मलको आपूर्ति निरन्तर भइरहेको छ ।
हिजाे साउन ४ गते २५० मेट्रिक टन डीएपी मल विराटनगर भन्सार आइपुगेको छ भने १,२५० मेट्रिक टन डीएपी बोकेको अर्को रेल र्याक आज साउन ५ गते बिहान रक्सौल आइपुग्ने जानकारी प्राप्त भएको छ ।
यस्तै, कोलकाताबाट थप २५०० मेट्रिक टन डीएपी बोकेको अर्को रेल र्याक पनि नेपालतर्फ प्रस्थान गरिसकेको छ । यसैबीच, ३० हजार मेट्रिक टन युरिया मल ढुवानीको प्रक्रिया अन्तिम चरणमा पुगेको कृषि,वन तथा पर्यावरण मन्त्रालयले जनाएकाे छ ।
























