stcnepal long ad
ime life insurance
national life
global ime bank long

 प्राइम बैंकले अरुण खोला–२ जलविद्युत आयोजनामा ऋण लगानी गर्ने

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौं । हिमालयन इन्जिनियरिङ एण्ड इनर्जीद्वारा प्रवर्द्धित दुई मेगावाट क्षमताको अरुण खोला-२ जलविद्युत आयोजनामा प्राइम कमर्सियल बैंकले ऋण लगानी गर्ने भएको छ।

बैंक र इनर्जीका प्रतिनिधिबीच सोमबार सम्झौतापत्रमा हस्ताक्षर भएको हो। बैंकका तर्फबाट डेपुटी जनरल म्यानेजर नारायणप्रसाद श्रेष्ठ र कम्पनीका तर्फबाट सञ्चालक अध्यक्ष ओमप्रसद भट्टराईले हस्ताक्षर गरेका छन्।

परियोजनाको अनुमानित लागत ४८ करोड ६४ लाख रुपैयाँ रहने अनुमान गरिएको छ। यसमध्ये बैंकले ३० करोड र बाँकी लागत प्रवर्धक कम्पनीहरुबाट जुटाइने आयोजनाले जनाएको छ।

आयोजनाबाट सुख्खायाममा ४.८६४ मेगावाट र वर्षायाममा ८.३१९ मेगावाट विद्युत उत्पादन हुने जनाइएको छ। आयोजना १५ महिनाभित्रमा निर्माण सम्पन्न गर्ने लक्ष्य रहेको छ।

IME Lifesidebar
kumari