stcnepal long ad
ime life insurance
global ime bank long

बिचौलिया दिपक भट्टसँगको कनेक्सनले पूर्वअर्थमन्त्री पौडेल माथि सम्पत्ति शुद्विकरणकाे अनुसन्धान

जग्गा र सेयर अर्कैको नाममा खरिद गरेको आशंका

prabhu mahalaxmi
IME Lifesidebar
Nimb long ad

काठमाडौं । आर्थिक र राजनीतिक ठुला बिचौलिया दीपक भट्टसँग व्यावसायिक सम्बन्ध देखिएपछि नेकपा (एमाले)का उपाध्यक्ष तथा पूर्वउपप्रधान एवं अर्थमन्त्री विष्णु प्रसाद पौडेललाई सम्पत्ति शुद्धीकरण विभागले असार ८ गते सुर्खेतबाट पक्राउ गरेर काठमाडौं ल्याइ हिजाे असार ९ गते विशेष अदालतबाट अनुसन्धानका लागि ७ दिनकाे म्याद पाएको छ ।

सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ्) निवारण ऐन, २०६४ को दफा २१ अनुसार नेपाल प्रहरीसँग सहयोग लिएर विभागले पौडेललाई एमालेकाे कर्णाली प्रदेशस्तरिय कार्यकर्ता भेला कार्यक्रम स्थल सुर्खेतबाट पक्राउ गरेको थियाे ।

एमालेको पार्टी चुनावी समीक्षा तथा पार्टी पुनर्गँठन अभियानमा लागेका पुर्व मन्त्री पौडेल बुटवलका दुई व्यवसायीले पाेलेका आधारमा पक्राउ गरिएकाे हाे। कमल किशाेर मालपानी र चुन्नु प्रसाद पाैडेलले बयानमा पाेलेकाे आधारमा पाैडेलमाथि अनुसन्धान सुरू भैरहेकाे छ ।

पौडेललाई प्रहरीले माइक्रोबसबाट काठमाडौं ल्याएर मंगलबार सम्पत्ति शुद्धीकरण विभाग पुल्चोक ललितपुरमा बुझाएकाे थियाे। उनले आफू हवाइजहाजबाट आफ्नै खर्चमा काठमाडौं जान्छु भन्दा पनि प्रहरीले नमानि माथिकाे आदेशमा सार्वजनिक माइक्रोबसबाटै काठमाडौं ल्याएकाे थियाे।

विभागले सोमबार पौडेलको ललितपुरको भैँसेपाटीस्थित घरमा छापा मारि धनीपुर्जा,शेयर प्रमाणपत्र,चेक लगायतका केही कागजात नियन्त्रणमा लिएको थियाे । उनलाई प्रहरीले विभागमा बुझाउने बित्तिकै सामान्य साेधपुछ गरेर अनुसन्धानका लागि २० दिनकाे माग थपकाे माग गर्दै विशेष अदालत,बबरमहल,काठमाडौं ल्याएकाे थियाे। अदालतबाट राती ८ बजे ७ दिनकाे म्याद थपकाे आदेश भएकाे थियाे। उनलाई राती १० बजे विभाग लगिएकाे थियाे।

पाैडेललाई सम्पत्ति शुद्धीकरण मुद्दामा हाल थुनामा रहेका बिचौलिया दीपक भट्टसँग मिलेर अवैध रूपमा सम्पत्ति आर्जन गरेको देखिएपछि विभागले पक्राउ गरेको सरकारी स्रोतको दाबी छ । यद्यपि पौडेलले त्यसरी जम्मा गरेको सम्पत्ति आफ्नो नाममा नराखी अन्य व्यक्तिको नाममा जम्मा गरेको विभागले अनुसन्धानको क्रममा पत्ता लगाएको छ ।

हिजाे नै विभागले बुटवलकाे ३५ बिगाहाकाे एक कृषि फर्म छापा मारेकाे थियाे। त्याे कृषि फर्म उनले अन्य व्याक्तिकाे नाममा राखेर सञ्चालन गर्दै आएकाे विभागकाे आशंका छ। चार पटक अथमन्त्री भइसकेका पौडेलको बिचौलिया भट्टसँग घनिष्ठ सम्बन्ध रहेकाे देखिन्छ। भट्ट २०७४ सालमा एमाले र तात्कालिक माओवादीलाई मिलाउने काम गरेका थिए।

त्यसपछि पनि उनले कांग्रेस र माओवादी,एमाले र कांग्रेस गठबन्धन सरकार बनाउन महत्वपूर्ण भुमीका निर्वाह गरेका थिए। भट्टसँग व्यवसायी सुलभ अग्रवाल पनि हाल सम्पत्ति शुद्धीकरण मुद्दाकै सिलसिलामा पुर्पक्षका लागि थुनामा छन् ।

पाैडेल अर्थमन्त्री र ऊर्जामन्त्री भएको बेला भट्टलाई लाभ हुनेगरी धेरै गैरकानुनी काम र नीतिगत निर्णय गरेर लाभ पुरयाएका थिए। उनले त्यसबापत कराेडाै रकम बुझेर विभिन्न साधारण व्यक्तिको नाममा जग्गा,सेयर, गाईपालनलगायत अन्य व्यवसायमा करोडौँ रुपैयाँ लगानी गरेको स्रोतले बताएकाे छ। २०५१ सालसम्म सुकुम्बासी रहेर बुटवलमा एककठ्ठा जग्गा लिएका पौडेल युवा तथा खेलकुद,उर्जा र चार पटक अर्थमन्त्री रहदा कराेडाै कमाएकाे,रातारात नवधनाढय बनेकाे र उनको कतिपय सम्पत्ति बिचौलिया भट्टकै नाममा समेत रहेको आशंका छ ।

बालुवाटारको ललिता निवासको जग्गासमेत मिलाएवापत उनले छोरानविनको नाममा भूमाफियाबाट ८ आना जग्गा पाएका थिए,तर रजिष्ट्रेसन पास गर्दा खरिद गरेकाे देखाएर छ्ल्न खाेजेका थिए । अनुसन्धानको क्रममा त्यो पुष्टि भएपछि मुद्दा दर्ता गर्नुअगाडि नै पौडेलले उक्त जग्गा नाटकीय रूपमा सरकारलाई फिर्ता गरेका थिए । घुस लिएको जग्गा त्यसरी फिर्ता गरेर उन्मुक्ति पाउदै आएका थिए ।

गत फागनु २१ मा भएको निर्वाचनपछि उनीमाथि बिचौलियाहरूसँग मिलेर एमाले नेतृत्व कब्जा गर्न लागेको,भाजपाका नेता विजय चाैथाइवालाकाे निर्देशनमा एमाले अध्यक्ष केपी शर्मा ओलीलाई हटाउन लागेकाे, रास्वपा र प्रधानमन्त्री बालेन्द्र शाह निकट हुन र आफ्नो भ्रष्टाचार र आर्थिक अपराधबाट जाेगिन प्रतिनिधि सभामा राम बहादुर थापा बादलले सरकारका विरूद्व दिएकाे अभिव्यक्तिलाई पार्टीको निर्णय हाेइन,उनकाे निजी विचार हाे भनेर विराेध गरि बालेन सरकार साखुल्य हुन खाेजेकाे पनि आरोप लाग्दै आएको छ । पछिल्लो समय पौडेलले अध्यक्ष केपी शर्मा ओलीको साथ छाडेर पार्टी पुनर्गँठनमा लागेपछि एमालेभित्र हलचल भएको छ ।

किनकि पौडेलसँग भ्रष्टाचार गरेकाे अथाहा सम्पत्ति भएको र त्यही पैसा प्रयोग गरेर आफूलाई हटाउन लागेको जानकारी अध्यक्ष ओलीलाई थियो । तर, पाैडेल सोमबार अचानक पौडेल पक्राउ गरेपछि ओली हटाउने अभियानमा लागेका महासचिव शंकर पाेखरेल सहितका नेताहरू निराश भएका छन् ।

सम्पत्ति शुद्धीकरण विभागले पौडेलसँग अप्रत्यक्ष वास्तविक धन भएको आशंका गरे पनि कानुनी लडाइँमा भने पौडेल बलिया रहेका छन। भ्रष्टाचार गरेकाे अवैध सम्पत्ति उनले आफ्नो र आफ्नो परिवारकाे नाममा नराखि बुटवल,भैरहवा र काठमाडौंका व्यापारिका नाममा राखेकाे,भारत र दुबई पठाएकाे समाचार स्रोतको आशंका छ ।

उनको लगानी भएको भनिएका शंकास्पद व्यापारी र उद्यमीहरू पनि पक्राउ परेपछि त्यसको वास्तविकता खुल्ने बताइएकाे छ । पौडेल पक्राउ परेपछि उनको धन लगानी भएका व्यवसायीहरू पनि पक्राउ पर्ने सम्भावना बढेको छ । ती कम्पनी र व्याक्तिका फर्म,कार्यालय र घरटहरामा विभागले छापा मार्न थालेकाे छ।

अर्थमन्त्री हुँदा पौडेलले कसैलाई फाइदा र कसैलाई हानि नाेक्सानी हुनेगरि गलत नियतवस करकाे दर हेरफेर गर्ने नीतिगत निर्णय गरि घुस खाएकाे र कराेडाै अवैध सम्पत्ति जम्मा गरेको भन्ने उजुरी परेपछि सम्पत्ति शुद्धीकरण विभागले केही समय अगाडिदेखि पाैडेल माथि अनुसन्धान अगाडि बढाएको थियो ।

त्यहीबेला पौडेल निकटस्थ बिचौलिया भट्ट पक्राउ परेपछि धेरै रहस्यका काराेवारहरू खुलेपछि पौडेल पक्राउ परेका हुन् । कानुनी व्यवस्थाअनुसार सम्पत्ति शुद्धीकरण तथा आतङ्ककारी कार्यमा वित्तीय लगानीसम्बन्धी कसुरसम्बन्धी मुद्दा सरकारवादी हुनेछ भने मुद्दा दायर गर्न हदम्याद पनि लाग्ने छैन ।

पौडेल बुटवल उपमहानगरपालिका–१० र ललितपुर महानगरपालिका–२५ को सैबु आवास क्षेत्रमा बस्दै आएका छन् । उनका छाेरा व्यवसायि छन। बुहारी प्रजिता अधिकारी परराष्ट्र मन्त्रालयकाे उपसचिव छिन।

यसअघि अष्ट्रेलियाकाे राजदुतावासमा कार्यरत रहेकी उनी ससुरा अर्थमन्त्री हुँदा नै मापदण्ड विपरित क वर्गकाे दुतावासबाट क वर्गकाे अमेरिकाकाे दुतावासमा सरूवा भएकी थिइन। उपाध्यक्ष पौडेल पक्राउ परेपछि उक्त पक्राउको घटनालाई एमाले अध्यक्ष ओलीले सोमबार साँझ विज्ञप्ति प्रकाशित गरी एमालेमाथि लगातार भइरहेको श्रृंखलाबद्ध प्रहार र राजनीतिक षड्यन्त्रको निरन्तरता भन्ने आराेप लगाएका छन् ।

साथै ओलीले विपक्षी दलका नेताहरूमाथि लक्षित यस्ता निकृष्ट र प्रतिशोधपूर्ण हर्कतहरू तत्काल बन्द गर्न आग्रह गर्दै सरकारका स्वेच्छाचारी र लोकतन्त्रविरोधी क्रियाकलापका विरुद्ध सामूहिक प्रतिवाद गर्न आग्रह गरेका छन् । तर, विगतका सरकारमा रहेका दलहरूका नेता र मन्त्रीहरूले भ्रष्टाचार गरेको भन्दै यस्ता छानबिनमा सहयोग गर्नुपर्ने जनअपेक्षा रहदै आएकाे छ ।

prabhu mahalaxmi
kumari