stcnepal long ad
ime life insurance
national life
global ime bank long

माउण्ट एभरेष्ट पावर डेभलपमेण्टले आजदेखि सर्वसाधारणका लागि आईपीओ बिक्रीमा

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौं । माउण्ट एभरेष्ट पावर डेभलपमेण्टले आजदेखि सर्वसाधारणका लागि आईपीओ बिक्रीमा ल्याएको छ । कम्पनीले सर्वसाधारणलाई १४ लाख २७ हजार ६ सय कित्ता शेयर निष्काशन गरेको हो।

यसमा लगानीकर्ताले असार ८ गतेसम्म आवेदन दिन सक्ने छन् । यस निष्काशनमा न्युनतम १० कित्ता र अधिकतम १० हजार कित्ताको लागि आवेदन दिन सकिने छ । शेयर निष्काशनको लागि एनआईएमबि एस क्यापिटल बिक्री प्रबन्धक रहेको छ ।

नेपाल धितोपत्र बोर्डले वैशाख २ गते कम्पनीलाई आईपीओ निष्काशनको अनुमति दिएको हो । कम्पनीले सोलुखुम्बुमा १२ मेगावाट क्षमताको दुधकुण्ड खोला जलविद्युत आयोजना निर्माण सम्पन्न गरि २०८१ साउनदेखि विद्युत उत्पादन गरिरहेको छ ।

IME Lifesidebar
kumari