stcnepal long ad
ime life insurance
national life
global ime bank long

४० हजार घूससहित मनाङका नायव सुब्बा कण्डेल अख्तियारको नियन्त्रणमा

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भूमि प्रशासन कार्यालय, मनाङमा कार्यरत नायव सुब्बा ज्ञानराज कण्डेललाई घूस रकमसहित नियन्त्रणमा लिएको छ।

जग्गा रोक्का गर्ने कार्यमा सहजीकरण गरिदिने प्रयोजनका लागि सेवाग्राहीसँग घुस माग गरेको उजुरीका आधारमा आयोगको पोखरास्थित कार्यालयबाट खटिएको टोलीले उनलाई शनिबार नियन्त्रणमा लिएको हो।

घुस बापतको ४० हजार रुपैयाँ लिइसकेको अवस्थामा उक्त रकम र स्रोत नखुलेको थप २१ हजार रुपैयाँसहित कण्डेललाई नियन्त्रणमा लिइएको हो । नियन्त्रणमा लिइएका कण्डेलमाथि थप अनुसन्धान भइरहेको अनुसन्धान आयोगले जनाएको छ।

IME Lifesidebar
kumari