stcnepal long ad
ime life insurance
national life
global ime bank long

नेपाल माइक्रो इन्स्योरेन्समा सञ्चालक समितिको अध्यक्षमा लुइँटेल र सदस्यमा सत्याल नियुक्त

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौं । नेपाल माइक्रो इन्स्योरेन्स कम्पनी लिमिटेडमा नेतृत्व परिवर्तन भएको छ। कम्पनीको जेठ २७ र २८ गते बसेको सञ्चालक समितिको बैठकले अध्यक्षसहित चार जना सञ्चालकको राजीनामा स्वीकृत गर्दै नयाँ अध्यक्ष तथा सञ्चालकहरूको नियुक्ति गर्ने निर्णय गरेको हो।

कम्पनीले नियामक निकाय तथा सम्बन्धित संस्थाहरूलाई पठाएको सूचनाअनुसार संस्थापक समूहका तर्फबाट अध्यक्ष आशिष श्रेष्ठले दिएको राजीनामा स्वीकृत गरिएको छ। श्रेष्ठले गत चैत १५ गते अध्यक्ष तथा सञ्चालक पदबाट राजीनामा दिएका थिए।

त्यसैगरी संस्थापक समूहका सञ्चालक सिद्धान्त झुनझुनवाला, लतिका गोल्याण तथा स्वतन्त्र सञ्चालक बद्री सिग्देलले दिएको राजीनामा पनि सञ्चालक समितिले स्वीकृत गरेको जनाएको छ।
रिक्त पदपूर्तिका लागि कम्पनीले नयाँ सञ्चालकहरू नियुक्त गरेको छ। संस्थापक समूहका तर्फबाट सेन्ट्रम क्यापिटल प्रालिका प्रतिनिधि नारदकुमार लुइँटेललाई सञ्चालक नियुक्त गर्दै कम्पनीको सञ्चालक समितिको अध्यक्षको जिम्मेवारी समेत दिइएको छ।

लुइँटेलको नियुक्ति आगामी साधारणसभाबाट अनुमोदन नभएसम्म कायम रहनेछ। यस्तै बिजवल्र्ड एड्भाइजरी प्रालिका प्रतिनिधि अशोकप्रसाद साह र सेन्ट्रम क्यापिटल प्रालिका प्रतिनिधि दीपककुमार मिश्रलाई पनि सञ्चालक पदमा नियुक्त गरिएको कम्पनीले जनाएको छ।

यसैगरी स्वतन्त्र सञ्चालक दामोदर सत्याललाई नियुक्त गरिएको छ। कम्पनीका अनुसार यी सबै नियुक्तिहरू आगामी साधारणसभा सम्पन्न नभएसम्मका लागि अन्तरिम रूपमा गरिएको हो।

IME Lifesidebar
kumari