stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance
global ime bank long

राष्ट्रिय वाणिज्य बैंकको अध्यक्षमा अर्थ मन्त्रालयका सहसचिव दाहाल नियुक्त

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौँ । सरकारले राष्ट्रिय वाणिज्य बैंकको अध्यक्षमा अर्थ मन्त्रालयका वरिष्ठ सहसचिव सुमन दाहाललाई नियुक्त गरेको छ।

सरकारले सार्वजनिक संस्थान तथा बोर्डहरूमा अघिल्लो कार्यकालमा राजनीतिक नियुक्तिबाट आएका पदाधिकारीलाई पदमुक्त गर्ने नीति अघि बढाइरहेका बेला राष्ट्रिय वाणिज्य बैंकको नेतृत्वमा परिवर्तन गरिएको हो।

यसअघि बैंकका अध्यक्ष देवकुमार ढकालले बदलिएको राजनीतिक परिस्थिति र सरकारको निर्देशनात्मक नीतिपछि पदबाट राजीनामा दिएका थिए। उनको राजीनामापछि रिक्त रहेको अध्यक्ष पदमा अर्थ मन्त्रालयको तर्फबाट सञ्चालकका रूपमा प्रतिनिधित्व गर्दै आएका दाहाललाई अध्यक्षको जिम्मेवारी दिइएको हो।

दाहाल अर्थ मन्त्रालयमा वित्तीय प्रशासन, सार्वजनिक संस्थान व्यवस्थापन तथा आर्थिक नीति कार्यान्वयनसँग सम्बन्धित जिम्मेवारी सम्हाल्दै आएका अनुभवी अधिकारी हुन्। बैंकिङ तथा सार्वजनिक वित्त व्यवस्थापन क्षेत्रमा उनको अनुभवलाई आधार बनाएर सरकारले नेतृत्वको जिम्मेवारी दिएको बताइएको छ।

सरकारले पछिल्लो समय सार्वजनिक संस्थानहरूको नेतृत्व चयनमा राजनीतिक नियुक्तिभन्दा प्रशासनिक दक्षता, संस्थागत सुशासन र कार्यसम्पादन क्षमतालाई प्राथमिकता दिने संकेत गरिरहेको छ। दाहालको नियुक्तिलाई पनि सोही नीतिको निरन्तरताका रूपमा हेरिएको छ।

राष्ट्रिय वाणिज्य बैंक सरकारको पूर्ण स्वामित्व रहेको मुलुकको सबैभन्दा ठूलो वाणिज्य बैंकमध्ये एक हो। बैंकको नेतृत्व परिवर्तनसँगै संस्थागत सुधार, सेवा प्रवाहको प्रभावकारिता तथा वित्तीय व्यवस्थापनमा थप सुधार हुने अपेक्षा गरिएको छ।

prabhu mahalaxmi
kumari