stcnepal long ad
ime life insurance
national life
global ime bank long

शिव शिखर बहुउद्देश्यीय सहकारी संस्थाका थप २१६ जना साना बचतकर्ताको बचत फिर्ता पाए रकम

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले शिव शिखर बहुउद्देश्यीय सहकारी संस्थाका थप २१६ जना साना बचतकर्ताको बचत फिर्ता गरेको छ।

समितिले मंगलबार उक्त सहकारीका साना बचतकर्ताको बचत रकम फिर्ता गरेको जानकारी दिएको हो। सरकारले समस्याग्रस्त सहकारीको ऋण असुलीबाट प्राप्त भएको रकम नै पीडित बचतकर्तालाई फिर्ता गरिएको स्पष्ट पारेको छ।

समितिका अनुसार पहिलो चरणमा थोरै बचत रकम भएका बचतकर्ताहरूलाई रकम फिर्ता गरिएको हो। यसरी नै क्रमशः बचतकर्ताको रकमका आधारमा वर्गीकरण गरेर रकम फिर्ता गरिने छ।

समितिका अनुसार समस्याग्रस्त सहकारीका करिब ७६ हजार बचतकर्ताहरूको करिब ४६ अर्ब बचत फिर्ता गर्नुपर्ने छ। तीमध्ये अधिकांश साना बचतकर्ता रहेका छन्।

पाँच लाखभन्दा कम रकम बचतकर्तालाई साना बचतकर्ता र पाँच लाखभन्दा बढी रकम बचतकर्तालाई ठूला बचतकर्ताका रूपमा वर्गीकरण गरिएको छ। कूल ७६ हजारमध्ये पाँच लाखभन्दा बढी बचत गर्ने जम्मा १८ हजार रहेको समितिले जनाएको छ।

समस्याग्रस्त सहकारी संस्थाहरूबाट ऋण असुली र सम्पत्ति व्यवस्थापनबाट प्राप्त रकमबाट सम्बन्धित सहकारीका बचतकर्तालाई बचत फिर्ता गर्ने कार्य प्रचलित कानुनी व्यवस्था बमोजिम निरन्तर रूपमा सञ्चालन भइरहेको छ। हालसम्म एक हजार ३१३ जना साना बचतकर्ताले बचत फिर्ता पाइसकेको समितिले जनाएको छ।

IME Lifesidebar
kumari