stcnepal long ad
ime life insurance
national life
global ime bank long

यशोधा फुड्सको प्रष्टोक्ति–निश्चित ब्याचबाहेक करेन्ट चाउचाउका अन्य उत्पादन सुरक्षित

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौं । यशोधा फुड्स प्रालिले आफ्नो उत्पादन ‘करेन्ट’ चाउचाउको एक निश्चित ब्याचबाहेक अन्य सबै उत्पादनहरू उपभोगका लागि पूर्णतः योग्य रहेको बताएको छ ।

कम्पनीले एक सार्वजनिक सूचना जारी गर्दै गुणस्तरसम्बन्धी प्रश्न उठेको निश्चित ब्याचबाहेक बजारमा उपलब्ध अन्य सबै चाउचाउ सुरक्षित रहेको जनाएको हो।

कम्पनीका अनुसार ‘करेन्ट हट एन्ड स्पाइसी’ १०० ग्रामको प्याकेटमा उत्पादन मिति २०२६/०२/२३ र ब्याच नम्बर ०४ए (04A) उल्लेख भएको उत्पादनमा मात्र समस्या देखिएको हो । यो निश्चित मिति र ब्याच नम्बरबाहेक अन्य मितिमा उत्पादित तथा फरक ब्याच नम्बर भएका सम्पूर्ण उत्पादनहरू गुणस्तरीय र खान योग्य रहेको कम्पनीले जनाएको छ ।

‘खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयले औँल्याएको ब्याच नम्बर २०२६/०२/२३-०४ ए बाहेकका अन्य सम्पूर्ण उत्पादनहरू निर्वाधरूपमा उपभोग गर्न सकिन्छ,’ कम्पनीले भनेको छ ।

यशोधा फुड्सले उक्त ब्याच बाहेकका अन्य उत्पादन ढुक्क भएर उपभोग, बिक्री-वितरण तथा भण्डारण गर्न उपभोक्ता, बिक्रेता तथा आधिकारिक वितरकहरूलाई आग्रह समेत गरेको छ ।

IME Lifesidebar
kumari