टीभीएसले नयाँ १६० सीसी म्याक्सी स्कुटर अर्को वर्ष लन्च गर्ने
टीभीएसले भारतीय टु ह्विलर बजारमा नयाँ १६० सीसीको म्याक्सी स्कुटर विकास गरिरहेको छ। रिपोर्टका अनुसार कम्पनीले आउँदो नयाँ वर्षमा साे स्कुटर पेश गर्ने योजना बनाएको छ। सो मोडल सम्भवत: कम्पनीको अहिलेसम्मकै सबैभन्दा पावरफुल स्कुटर बन्नेछ ।
डिजाइनका हिसाबले यसमा एनटर्क सिरिजको पहिचान झल्किने भए पनि थप प्रिमियम र आकर्षक म्याक्सी स्कुटर शैली अपनाइने अपेक्षा गरिएको छ। सो स्कुटर लन्च पछि भारतीय प्रिमियम म्याक्सी स्कुटर सेगमेन्टमा यामाहा एरोक्स १५५, हिरो जुम १६० तथा नयाँ होन्डा एडीभी १६० र यामाहा एनम्याक्स १५५ जस्ता मोडलसँग प्रतिस्पर्धा गर्नेछ।
नयाँ स्कुटरमा करिब १६० सीसी क्षमताको लिक्विड-कुल्ड, सिंगल-सिलिन्डर इन्जिन प्रयोग गरिने अपेक्षा गरिएको छ। कम्पनीले हालसम्म इन्जिनको आधिकारिक विवरण सार्वजनिक नगरे पनि सो इन्जिनले १५ देखि १८ हर्सपावर र १४ देखि १६ एनएमको टर्क उत्पादन गर्ने अनुमान गरिएको छ। सो इन्जिन सीभीटी अटोमेटिक ट्रान्समिसनसँग जोडिने बताइएको छ।
नयाँ स्कुटरमा फुल्ली डिजिटल टीएफटी इन्स्ट्रयुमेन्ट क्लस्टर, ब्लुटुथ कनेक्टिभिटी, टर्न-बाइ-टर्न नेभिगेसन, कल र म्यासेज अलर्ट, राइडिङ स्टेटिस्टिक्स र मल्टिपल राइडिङ मोड उपलब्ध हुनेछ । साथै ट्र्याक्सन कन्ट्रोल, ड्युअल च्यानल एबीएस र स्मार्ट की सिस्टमजस्ता प्रिमियम सुविधाहरू पनि समावेश गरिन सक्ने अनुमान गरिएको छ। साथै स्कुटरमा ठुलो बडीवर्क, फराकिलो फ्रन्ट एप्रन, स्टेप गरिएको सिट, अग्लो विन्डस्क्रिन र आरामदायी राइडिङ पोजिसन उपलब्ध हुने सम्भावना छ।
यसमा ठुला आकारका पाङ्ग्रा, बलियो चेसिस, फ्रन्ट टेलिस्कोपिक फोर्क र पछाडि ट्विन शर्क एब्जर्बर वा मोनोशक सस्पेन्सन सिस्टम उपलब्ध हुनेछ । दुबै पाङ्ग्रामा डिस्क ब्रेक प्रयोग गरिने अपेक्षा गरिएको छ। त्यस्तै सिटमुनि ठुलो स्टोरेज क्षमता, यूएसबी चार्जिङ पोर्ट, फराकिलो फ्लोरबोर्ड र आरामदायी सिट उपलब्ध गराउनेछ ।
नयाँ १६० सीसी म्याक्सी स्कुटरको सुरुआती मूल्य करिब १ लाख ४० हजारदेखि १ लाख ५० हजार भारु बीच हुने अनुमान गरिएको छ।



























