stcnepal long ad
ime life insurance
national life
global ime bank long

आईपीओको पाइपलाइनमा थप ६ कम्पनी, पौने ३ करोड कित्ता सेयर जारी हुने

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौं । आईपीओको पाइपलाइनमा विभिन्न क्षेत्रका ६ वटा नयाँ कम्पनी थपिएका छन्। बजारबाट रकम संकलन गर्ने उद्देश्यले यी कम्पनीहरुले आईपीओ निष्कासनको अनुमति माग्दै नेपाल धितोपत्र बोर्ड (सेबोन)मा आवेदन दिएका हुन्।

थपिएका कम्पनीहरूमा सुपरहेवा पावर कम्पनी, रघुगंगा हाइड्रोपावर, राजेश मेटल क्राफ्ट्स लिमिटेड, अन्नपूर्ण माछा दाना उद्योग लिमिटेड, युवरानी एग्रो इन्डस्ट्रिज लिमिटेड र प्रिमियर डिस्टिलरी लिमिटेड रहेका छन्।

यी कम्पनीहरूले कुल २ अर्ब ७८ करोड ३४ लाख रुपैयाँ बराबरको कुल २ करोड ७८ लाख ३४ हजार ५ सय ३१ कित्ता सेयर निष्कासनका लागि प्रक्रिया अगाडि बढाएका छन्।

राजेश मेटलले ६० लाख कित्ता, अन्नपूर्ण माछा दाना उद्योगले १० लाख ९ हजार ५३१ कित्ता, युवरानी एग्रो इन्डस्ट्रिजले १६ लाख ५० हजार कित्ता, प्रिमियर डिस्टिलरीले २२ लाख ५० हजार कित्ता, सुपर हेवाले १९ लाख २५ हजार कित्ता र रघुगंगा हाइड्रोपावरले १ करोड ५० लाख कित्ता सेयर निष्काशन गर्न अनुमति मागेका छन्।

IME Lifesidebar
kumari