stcnepal long ad
global ime bank long

एशियन लाइफको बीमालेख नवीकरणमा १०० प्रतिशतसम्म छुट

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौं । एशियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले व्यतित बीमालेख नवीकरण गर्दा लाग्ने ब्याजमा १०० प्रतिशतसम्म छुटको व्यवस्था गरेको छ।

कम्पनीका अनुसार २०८२ वैशाख मसान्तसम्म बीमाशुल्क भुक्तानी गर्नुपर्ने मितिले ६ महीना नाघेका (पूर्ण व्यतित भएका) बीमालेखहरू आज जेठ २० गतेदेखि असार १९ गतेभित्र नवीकरण गरेमा सोमा लाग्ने ब्याजमा छुट दिइने भएको हो।

वि.सं. २०७८ जेठ २० गतेभन्दा अघि (५ वर्षभन्दा बढी) व्यतित भएका बीमालेखमा २५ प्रतिशत, वि.सं. २०७८ जेठ २० देखि (५ वर्ष) व्यतित भएका बीमालेखमा ५० प्रतिशत र वि.सं. २०८१ जेठ २० गतेदेखि हालसम्म (२ वर्ष) व्यतित भएका बीमालेखमा १०० प्रतिशत छुट दिइने जनाएको छ।

कम्पनीले २ वर्षभन्दा कम परिपक्व अवधि बाँकी भएको अवस्थामा कुनै पनि छुट नपाइँने र एक पटक ब्याज छुट लिइसकेका बीमितहरूलाई पुनः ब्याज छुट प्रदान नगरिने स्पष्ट पारेको छ।

IME Lifesidebar
kumari