stcnepal long ad
ime life insurance
national life
global ime bank long

एभरेष्टमा विद्यार्थी निर्माण समूह गठन

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौं । नेपालको उच्च प्राविधिक शिक्षाको क्षेत्रमा स्नातक तथा स्नातकोत्तर तहका उत्कृष्ट इन्जिनियरिङ कार्यक्रम सञ्चालन गर्दै आएको एभरेष्ट इन्जिनियरिङ कलेजमा आज आयोजित एक कार्यक्रममा अमेजन वेब सर्भिस अन्तर्गत विद्यार्थी निर्माण समूह (AWS SBG)गठन गरिएको छ।

अमेजन वेब सर्भिसले क्लाउड कम्प्युटिङ, कृत्रिम बुद्धिमत्ता तथा मेसिन लर्निङ, साइबर सुरक्षा तथा अन्य नवीन प्रविधिहरूमा केन्द्रित रही कार्यशाला, सेमिनार, ह्याकाथन तथा प्रयोगात्मक सिकाइ सत्रहरू सञ्चालन गर्ने लक्ष्य राखेको छ। यसबाट विद्यार्थीहरूले व्यावहारिक सीप तथा उद्योगसँग सम्बन्धित प्रत्यक्ष अनुभव प्राप्त गर्न सक्नेछन्।

कार्यक्रमको उद्घाटन गर्दै कलेजका प्राचार्य प्रा. डा. हरि कृष्ण श्रेष्ठले विद्यार्थी निर्माण समूहका पदाधिकारीहरूलाई बधाई दिँदै उनीहरूले कक्षा समय बाहिर कार्यक्रम सञ्चालन गर्ने योजनाको प्रशंसा गर्नुभयो। उहाँले भन्नुभयो, “कक्षा समय बाहिर सञ्चालन हुने विद्यार्थी कार्यक्रमहरूले नियमित शैक्षिक तथा अन्य अतिरिक्त क्रियाकलापहरूमा बाधा पुर्‍याउँदैनन्।

यसले केवल रमाइलोका लागि मात्र समूहमा सहभागी हुन चाहनेहरूलाई छानेर बाहिर राख्छ र वास्तवमै सिक्न तथा सक्रिय रूपमा योगदान गर्न चाहने विद्यार्थीहरूलाई आकर्षित गर्छ। यसले विद्यार्थी निर्माण समूहको सफलता र दीगोपनामा समेत योगदान पुर्‍याउनेछ।”

एभरेष्ट इन्जिनियरिङ कलेजका प्रमुख कार्यकारी अधिकृत श्री अरुण कुमार भण्डारीले कार्यक्रममा उपस्थित विद्यार्थी निर्माण समूहका पदाधिकारी तथा विद्यार्थीहरूलाई कलेजले उक्त समूहका कार्यक्रमहरूलाई सम्भव भएसम्म पूर्ण सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।

विद्यार्थी निर्माण समूह मार्फत विद्यार्थी सदस्यहरूले क्लाउड कम्प्युटिङ सम्बन्धी अध्ययन सामग्रीमा पहुँच, कार्यशाला, वेबिनार तथा प्राविधिक कार्यक्रमहरूमा सहभागिता, व्यावसायिक सञ्जाल विस्तार गर्ने अवसर, अमेजन वेब सर्भिसका सेवाहरूबाट व्यावहारिक अनुभव, नेतृत्व विकास, अमेजन प्रमाणपत्रसम्बन्धी मार्गदर्शन तथा सम्बन्धित क्षेत्रका ह्याकाथन र प्रतियोगिताहरूमा सहभागी हुने अवसर प्राप्त गर्ने अपेक्षा गरिएको छ।

विद्यार्थी निर्माण समूहका कप्तान श्री शिवराज पौडेलले कलेज प्रशासनप्रति धन्यवाद व्यक्त गर्दै कलेजका सम्पूर्ण विद्यार्थीहरूलाई विद्यार्थी निर्माण समूहका गतिविधिहरूबाट लाभ लिन आग्रह गर्नुभयो।

एभरेष्ट इन्जिनियरिङ कलेजमा गठन गरिएको पाँच सदस्यीय विद्यार्थी निर्माण समूहमा शिवराज पौडेल, विश्वाश नेपाल, सामिन थापा, पियुष चन्द र स्नेहा पौडेल रहेका छन्।

विद्यार्थी निर्माण समूहले चालु शैक्षिक वर्षमा सञ्चालन गरिने विभिन्न कार्यक्रमहरूको सूची तयार गरिसकेको छ। ती सबै कार्यक्रमहरू सहभागी विद्यार्थीहरूको ज्ञान, सीप तथा व्यावसायिक विकासलाई लक्षित गरी तयार गरिएको जनाइएको छ।

IME Lifesidebar
kumari