citizens life insurance long ad
stcnepal long ad

लोक सेवा आयोगको ७६औँ स्थापना दिवस भव्य रूपमा मनाइने

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौँ । आगामी असार १ गते लोक सेवा आयोगको ७६औँ वार्षिकोत्सव विभिन्न कार्यक्रम गरी भव्य रूपमा मनाइने भएको छ ।

वार्षिकोत्सव मनाउने तयारीका लागि आयोगका सदस्य वीरबहादुर राईको संयोजकत्वमा गठित उपसमितिको आज बसेको बैठकले सरोकार भएकाहरूसहितको छलफलबाट विभिन्न निर्णय गरेको छ ।

बैठकले आयोगको ७६औँ वार्षिकोत्सव कार्यक्रम भव्य रूपमा सम्पन्न गर्न सञ्चार क्षेत्रबाट प्रचारप्रसार गर्ने कार्यलाई उच्च प्राथमिकता दिने निर्णय गरेको छ । यसैगरी, गोरखापत्र राष्ट्रिय दैनिकमा आयोगबाट उपलब्ध हुने विशेष प्रकाशन सामग्री एक पेज रङ्गीन कलरमा निःशुल्क प्रकाशन गरिने र उक्त दिन आयोगसँग सम्बन्धित लेखहरू प्राथमिकता दिई प्रकाशन गर्ने प्रबन्ध मिलाउने पनि उपसमितिको निर्णय छ ।

यसैगरी, राष्ट्रिय समाचार समिति (रासस), रेडियो नेपाल तथा नेपाल टेलिभिजनबाट आयोगको कार्यप्रणाली लगायत समसामयिक विषयमा लेख, अन्तरर्वार्ता, अन्तरसंवाद तथा परिसंवाद कार्यक्रम सञ्चालन गर्ने प्रबन्ध मिलाइने निर्णय गरिएको छ ।

यसैगरी विज्ञापन बोर्डमार्फत लोक कल्याणकारी विज्ञापन अन्तर्गत आयोगसँग सम्बन्धित नारालाई निःशुल्क रूपमा प्रवाह हुने व्यवस्था गरिने जनाइएको छ । साथै, अन्तरसंवैधानिक निकाय हाजिरीजवाफ प्रतियोगिता, ब्याडमिन्टन कार्यक्रमलगायत कार्यक्रम आयोगका विभिन्न कार्यालयबाट सञ्चालन गरिने पनि आयोगले जनाएको छ ।

आयोगका सदस्य राई संयोजकत्वको उपसमितिमा आयोगका सचिव रामेश्वर दङ्गाल, सहसचिव पुरुषोत्तम शर्मा, सूचना प्रविधि निर्देशक रमेश सुवेदी, उपसचिव सुशीला पौडेल ढकाल, उपसचिव दीपक खडका, प्रमुख लेखा नियन्त्रक हिरा न्यौपाने सदस्य हुनुहुन्छ भने उपसचिव देवीप्रसाद सुवेदी सदस्य–सचिव हुनुहुन्छ ।

उपसमितिमा सूचना तथा सञ्चार मन्त्रालय, सूचना तथा प्रसारण विभाग, विज्ञापन बोर्ड, सार्वजनिक प्रसारण सेवा नेपाल, राष्ट्रिय समाचार समिति (रासस) र गोरखापत्रका प्रतिनिधि आमन्त्रित सदस्य हुनुहुन्छ ।

IME Life
kumari