stcnepal long ad
ime life insurance
national life
global ime bank long

राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा ४५ दिनभित्रै सार्वजनिक हुने

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा परीक्षा सकिएको ४५ दिनभित्र सार्वजनिक गर्ने भएको छ । बोर्डले नतिजा प्रकाशनसम्बन्धी कामलाई तीव्रता दिएको छ ।

परीक्षा सकिएको दुई साता मात्रै भएको छ । यसबिचमा बोर्डले नतिजा प्रकाशनसँग सम्बन्धित ५० प्रतिशतभन्दा धेरै काम सकिसकेको छ । बोर्डका परीक्षा नियन्त्रक कृष्ण शर्माका अनुसार अहिले उत्तरपुस्तिका परीक्षणको काम आधाभन्दा बढी सकिइसकेको छ ।

परीक्षण भइसकेको उत्तरपुस्तिकाको प्राप्ताङ्क सम्परीक्षण समेत भएर कम्प्युटरमा प्रविष्ट गर्ने काम समेत सकिएको छ । जुन जुन विषयको उत्तरपुस्तिका परीक्षण सकिन्छ, त्यसको सम्परीक्षण पनि तत्कालै सुरु गर्ने र सम्परीक्षण सकिनेबित्तिकै प्राप्ताङ्कलाई कम्प्युटरमा प्रविष्टको काम पनि भइरहेको शर्माले जानकारी दिनुभयो ।

नतिजा प्रकाशनलाई छरितो बनाउन बोर्डले परीक्षा सकिएको दिनदेखि नै उत्तरपुस्तिका परीक्षण सुरु गरेको थियो । मुलुकभरका विभिन्न ४२ केन्द्रबाट उत्तरपुस्तिका परीक्षण भइरहेको छ । नियन्त्रक शर्माले भन्नुभयो, “नतिजा प्रकाशनको काम परीक्षा सकिएको ४५ दिनभन्दा पर पुग्दैन । सकेसम्म त्योभन्दा पनि छिटो प्रकाशन गर्ने गरी काम गरिरहेका छौँ ।”

परीक्षामा मुलुकभरबाट चार लाख १८ हजार परीक्षार्थी सहभागी भएका थिए । बोर्डले यस पटक माध्यमिक  शिक्षा परीक्षा (एसइई) को  नतिजा पनि  परीक्षा सकिएको २९ दिनमै प्रकाशन गरेको थियो ।

जुन एसइईको इतिहासमै सबैभन्दा छोटो समयमा नतिजा प्रकाशन भएको हो । यसअघि एसइई र कक्षा १२ को परीक्षाको नतिजा प्रकाशन हुन सामान्यतया परीक्षा सकिएपछि तीन महिना लाग्ने गरेको थियो ।

IME Lifesidebar
kumari