stcnepal long ad
ime life insurance
global ime bank long

साल्ट ट्रेडिङ कर्पोरेसनको लगानी विविधिकरण

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडले दैनिक उपभोग्य सामाग्री उत्पादन र बिक्रीवितरणमा लगानी विविधिकरण गरि आम नेपाली जनतालाई सहज र सुपथ मुल्यमा वस्तु उपलब्ध गराउदै आएको छ।

कर्पोरेसनकी प्रमुख कार्यकारी अधिकृत(सिईओ) उर्मिला श्रेष्ठले अहिले कम्पनीले चिनी मल बिक्री गरिरहेको बताएकी छिन् ।

सिईओ श्रेष्ठले सरकारको निर्देशन बमोजिम मूल्य तथा कालाबजारी नियन्त्रणका लागि काम गरिरहेको जानकारी दिएकी छिन।

सरकार,निजी क्षेत्र र सर्वसाधारणको लगानी स्वामित्व भएको पिपिए मोडलको कर्पोरेसनले आम उपभोक्ताहरूलाई सुपथ मुल्यमा गुणस्तर उत्पादन बिक्री गरिरहेको छ। सरकारको आंशिक स्वामित्व भएका कारण कम्पनीको यो दायित्व रहेको सिईओ श्रेष्ठले बताएकी छिन ।

सिईओ श्रेष्ठले साल्ट ट्रेडिङ कर्पोरेसनको सहायक कम्पनी मार्फत अन्य विभिन्न क्षेत्रमा लगानी रहेको बताएकी छन। साल्ट ट्रेडिङ कर्पोरेसनको लगानी भएको कम्पनीले भूकम्प प्रतिरोधी घर निर्माण गर्नुका साथै बीमा कम्पनीमा पनि लगानी गरेको छ ।

सिईओ श्रेष्ठले कर्पोरेसनले लगानी विविधिकरण गर्नका लागि अहिले एसटीसी इन्भेष्टमेन्ट कम्पनी खोलेको बताएकी छिन । सामूहिक रुपमा लगानी गर्न उनले लगानीकर्ताहरुलाई सँगै हातेमालो गरेर अगाडी बढ्नका लागि आग्रह गरेकी छिन् ।

सिईओ श्रेष्ठले राम्रो उद्योग व्यवसायमा लगानी आवश्यक परेको खण्डमा एसटीसी इन्भेष्टमेन्ट कम्पनीले लगानी गर्ने समेत जानकारी दिएकी छिन ।

साल्ट ट्रेडिङ कर्पोरेशनले आयोडिन नुन, दाल, चिनी, तेल, चामल, मैदा, आटा, गेडागुडी, चिया, मसला लगायतका दैनिक उपभोग्य वस्तु र एसटिडी ग्यास तथा रासायनिक मल पनि देशभर सहज रूपमा सुपथ मुल्यमा बिक्री वितरण गर्दै आएको छ।

थोरै मुनाफा राखेर गुणस्तरीय दैनिक उपभोग्य वस्तु तथा सामान बिक्री गर्दै आएकाले आम उपभोक्ता बीचमा कर्पोरेसनका उत्पादनमा ग्राहकको आकर्षण बढदो छ।

prabhu mahalaxmi
kumari