stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance

अध्यागमन विभागले डिजिटल टाइम कार्ड’ (डिटिसी) प्रणाली कार्यान्वयनमा ल्याए

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौँ । अध्यागमन विभागले सेवाग्राहीलाई छिटो, सहज र पारदर्शी सेवा उपलब्ध गराउने उद्देश्यसहित ‘डिजिटल टाइम कार्ड’ (डिटिसी) प्रणाली कार्यान्वयनमा ल्याएको छ । सरकारले १३ चैतमा सार्वजनिक गरेको शासकीय सुधार सम्बन्धी एक सयबुँदे कार्यक्रमको २३ औँ बुँदामा सार्वजनिक सेवाका  प्रक्रियालाई  डिजिटल, ट्र्याकिङयोग्य र पारदर्शी बनाउने उल्लेख गरिएको थियो ।

सोही योजना अनुसार विभागले अध्यागमन सेवामा डिजिटल प्रविधि विस्तार गर्दै डिजिटल टाइम कार्ड प्रणाली लागु गरेको जनाएको छ ।

अध्यागमन विभागका प्रवक्ता एवं निर्देशक टीकाराम ढकालका अनुसार यो प्रणाली लागु भएसँगै सेवाग्राहीले आफ्नो आवेदनको अवस्था हेर्न सक्ने छन् । आवेदन कुन चरणमा पुगेको छ, सेवा सम्पन्न हुन कति समय लाग्ने छ, आवश्यक प्रव्रिmया पूरा भएरनभएको अवस्था तथा शुल्क भुक्तानीसम्बन्धी जानकारी मोबाइलमार्फत नै प्राप्त गर्न सकिने व्यवस्था गरिएको उहाँले बताउनुभयो ।

हालसम्म सेवाग्राहीले आवेदनको अवस्थाबारे जानकारी लिन पटक पटक काउन्टर धाउनुपर्ने, लामो लाममा बस्नुपर्ने तथा काम कहिले सम्पन्न हुन्छ भन्ने स्पष्ट जानकारी नपाउने समस्या थियो । डिजिटल टाइम कार्ड प्रणालीले यस्तो झन्झट हटाउने विभागको दाबी छ ।

यो प्रणालीमार्फत प्रत्येक शाखाको प्रतीक्षालयमा राखिएको क्युआर कोड स्क्यान गरेर आवेदन ट्र्याक गर्न सकिने व्यवस्था गरिएको छ । साथै विभागको आधिकारिक वेबसाइटमार्फत पनि आवेदनको अवस्थाबारे जानकारी लिन सकिने छ ।

विभागका अनुसार डिजिटल टाइम कार्डमार्फत नै शुल्क भुक्तानी गर्न सकिने तथा हरेक चरणको सूचना तत्काल प्राप्त हुने भएकाले सेवाग्राहीलाई थप सहज हुने छ ।

विभागले यो प्रणालीलाई ‘उत्तरदायी अध्यागमन सेवा’ अभियान अन्तर्गतको महìवपूर्ण डिजिटल सुधारका रूपमा लिएको जनाएको छ । प्रणालीमार्फत कर्मचारीको कार्यसम्पादनसमेत डिजिटल अभिलेखका आधारमा मूल्याङ्कन गर्न सकिने भएकाले जिम्मेवारी र जवाफदेहिता थप सुदृढ हुने विश्वास गरिएको छ ।

त्यस्तै सेवा प्रवाहमा गति र दक्षता वृद्धि हुनुका साथै तथ्याङ्कमा आधारित कार्यसम्पादन मूल्याङ्कन गर्न सहज हुने विभागको भनाइ छ । सेवाग्राहीको गुनासो तथा प्रतिव्रिmयासमेत डिजिटल रूपमा अभिलेखीकरण हुने भएकाले सेवाग्राहीको विश्वास बढ्ने अपेक्षा गरिएको छ ।

prabhu mahalaxmi
kumari