stcnepal long ad
global ime bank long

टक्सार पिखुवा खोलाको आईपीओ आज बाँडफाँड हुँदै

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौं । टक्सार पिखुवा खोला हाइड्रोपावर लिमिटेडको आईपीओ आज बाँडफाँड हुँदैछ। बिक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेडले आज बिहान ९ बजे आईपीओ बाँडफाँड गर्ने तयारी गरेको हो।

कम्पनीले वैशाख २३ गतेदेखि वैशाख २८ गतेसम्म आम सर्वसाधारणलाई २५ लाख १५ हजार ४५५ कित्ता शेयर निष्काशन तथा बिक्री खुला गरेको थियो।

कम्पनीको आईपीओ २ लाख ५१ हजार ५४५ जना आवेदकले १०/१० कित्ताका दरले शेयर हात पार्नेछन्। सोमध्येका ५ जनाले भने थप १ कित्ता गरी ११ कित्ता शेयर पाउने छन्।

आईपीओ निष्काशनको लागि गराएको रेटिङ्गमा केयर रेटिङ्ग नेपालले कम्पनीलाई केयरएनपी डबल बी प्लस इस्यूअर रेटिङ्ग प्रदान गरेको छ। यसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा औषत जोखिम रहेको संकेत गर्दछ।

IME Lifesidebar
kumari