stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance

भुजुङ्ग हाइड्रोपावरको चौथो वार्षिक साधारणसभा जेठ २७ गते

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । भुजुङ्ग हाइड्रोपावर लिमिटेडले चौथो वार्षिक साधारण सभा आगामी जेठ २७ गते आयोजना गर्ने भएको छ। हाइड्रोपावर कम्पनीको जेठ ३ गते बसेको सञ्चालक समितिको बैठकले साधारण सभा बोलाउने निर्णय गरेको हो।

साधारण सभामा आर्थिक वर्ष २०८१/०८२ को वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदनसहितका वित्तीय विवरण तथा नाफा–नोक्सान हिसाबमाथि छलफल गरी पारित गर्ने प्रस्ताव पेश गरिनेछ। साथै आर्थिक वर्ष २०८२/०८३ का लागि लेखापरीक्षक नियुक्त गर्ने र पारिश्रमिक निर्धारण गर्ने विषय पनि सभाको कार्यसूचीमा समावेश गरिएको छ।

त्यसैगरी संस्थापक समूहबाट पाँच जना र सर्वसाधारण शेयरधनी समूहबाट एक जना सञ्चालक चयन गर्ने प्रस्ताव पनि सभामा पेश हुनेछ। सञ्चालक समितिबाट भएका निर्णय तथा कामकारबाही अनुमोदन गर्ने, संस्थागत सुशासन सम्बन्धी प्रतिवेदन स्वीकृत गर्ने तथा प्रमुख कार्यकारी अधिकृत, स्वतन्त्र सञ्चालक र कम्पनी सचिवको नियुक्ति अनुमोदन गर्ने एजेन्डा पनि रहेकोछ।

विशेष प्रस्तावअन्तर्गत कम्पनीको प्रबन्धपत्र र नियमावलीका केही दफा तथा नियम संशोधन गर्ने प्रस्ताव ल्याइएको छ। साथै सञ्चालक समितिका अध्यक्ष, सदस्य, कम्पनी सचिव तथा आमन्त्रित विज्ञ सदस्यहरूको बैठक भत्ता र भ्रमण भत्तामा वृद्धि गर्ने विषयमा पनि छलफल हुनेछ।

साधारण सभा प्रयोजनका लागि कम्पनीले जेठ १८ गते बूक क्लोज गर्ने जनाएको छ। त्यसअनुसार जेठ १४ गतेसम्म नेपाल स्टक एक्सचेन्जमा कारोबार भई आफ्नो नाममा शेयर कायम भएका शेयरधनीहरूले मात्र सभामा सहभागी भई मतदान गर्न पाउनेछन्।

साधारण सभा जेठ २७ गतेबुधबार बिहान ११ बजे काठमाडौंको भाटभटेनीस्थित आम्रपाली ब्याङ्क्वेट क्याटरिङ एन्ड इभेन्ट प्रालिमा बस्नेछ।

prabhu mahalaxmi
kumari