stcnepal long ad
ime life insurance
global ime bank long

नेपाल धितोपत्र बोर्डको अध्यक्ष पदका लागि दरखास्त खुला

 ७ दिनभित्र आवेदन दिन सरकारको आह्वान

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । नेपाल धितोपत्र बोर्ड मा रिक्त रहेको अध्यक्ष पद पूर्ति गर्न सरकार अघि बढेको छ। यसका लागि गठन गरिएको सिफारिस समितिले सार्वजनिक सूचना जारी गर्दै इच्छुक योग्य व्यक्तिहरूसँग दरखास्त माग गरेको हो।

समितिले सूचना प्रकाशित भएको मितिबाट सात दिनभित्र आवश्यक कागजातसहित व्यक्तिगत विवरण पेश गर्न आग्रह गरेको छ। इच्छुक उम्मेदवारहरूले वैशाख २१ गतेभित्र अर्थ मन्त्रालय अन्तर्गतको सम्बन्धित महाशाखामा रहेको समितिको सचिवालयमा आवेदन दिनुपर्नेछ।

धितोपत्र बोर्डको अध्यक्ष पद गत वैशाख ४ गतेदेखि खाली छ। तत्कालीन अध्यक्ष सन्तोष नारायण श्रेष्ठ ले पदबाट राजीनामा दिएपछि उक्त पद रिक्त रहँदै आएको हो। उनलाई २०८१ मंसिर १० गते अध्यक्षमा नियुक्त गरिएको थियो।

सरकारले नयाँ अध्यक्ष छनोटका लागि तीन सदस्यीय सिफारिस समिति गठन गरिसकेको छ। समितिको संयोजकमा डा. गुणाकर भट्ट रहेका छन्। सदस्यहरूमा अर्थसचिव घनश्याम उपाध्याय र पूर्वबैंकर भुवनकुमार दाहाल समावेश छन्।

प्राप्त दरखास्तहरूको अध्ययन तथा मूल्याङ्कनपछि सिफारिस समितिले उपयुक्त उम्मेदवार छनोट गरी सरकारसमक्ष सिफारिस गर्नेछ। त्यसपछि मन्त्रिपरिषद्ले अन्तिम निर्णय गर्दै धितोपत्र बोर्डको नयाँ अध्यक्ष नियुक्त गर्नेछ।

prabhu mahalaxmi
kumari